INSEC Online

📅 २०८३ जेष्ठ २१

वडाध्यक्षद्वारा युवा कुटपिट घटनाको इन्सेकद्वारा अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयको नेतृत्वमा जुनिचाँदे गाउँपालिका–२ को वडा कार्यालयमा गत साउन १५ गते भएको घटनाको अनुगमन गरिएको छ ।

इन्सेकको नेतृत्वमा उच्च वार एशोसिएशन र नेपाल पत्रकार महासंघ सहितको टोलीले साउन २१ गते ३३ वर्षीय वडाध्यक्ष रामबहादुर नेपालीले सोहि ठाउँका १८ वर्षीय सर्पे दमाइलाई कार्यालय परिसरमै कुटपिट गरेको घटनाको स्थलगत अनुमनका क्रममा  घटनाका प्रत्यक्षदर्शी र स्थानीय समुदायका अगुवासँगपनि छलफल गरिएको इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले बताउनुभयो ।

20210808 Jajarkot 5
घटनाका विषयमा स्थलगत अध्ययन बिना सत्य, तथ्य पत्ता नलाग्ने भएको हुँदा घटना स्थलमै पुगेर सरोकारवालासँग भेटेर छलफल गरिएको सुवेदीको भनाइ छ ।

अनुगमन टोलीले साउन २२ गते गाउँपालिकाका कार्यवाहक अध्यक्ष शिवा आचार्य, जिल्ला प्रहरी कार्यालयका डीएसपी मधुकुमार थापा र प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटासँग समेत भेटेर घटनाको बारेमा जानकारी लिएको थियो ।

20210808 Jajarkot 4

कुटपिट गरिरहेको भिडियो सामाजिक सञ्जालमा आएको आधारमा प्रहरीले आरोपित वडाध्यक्ष र घटनामा संलग्न सोही ठाउँका २६ वर्षीय ललित विकलाई साउन २१ गते गिरफ्तार गरेर अभद्र व्यवहारको मुद्दा लगाएको डीएसपी थापाले बताउनुभयो ।

डीएसपी थापाका अनुसार पीडित भनिएका व्यक्ति र उनका अविभावकले वडा अध्यक्षको कुनै गल्ती छैन भनि कही उजुरी दिएका छैनन् ।

20210808 Jajarkot 1

20210808 Jajarkot 2

20210808 Jajarkot 3

अन्य

भिडियो