INSEC Online

📅 २०८३ जेष्ठ २१

लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको दिप प्रज्ज्वलन गर्दै स्वागत

लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको धादिङमा दिप प्रज्ज्वलन गरी ०८० मङ्सिर ८ गते साँझ स्वागत गरिएको छ ।

लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान मूल आयोजक समिति र यस अन्तर्गतका नीलकण्ठ नगरपालिका, इन्सेक, सहयात्री समाज, महिला मानव अधिकार रक्षकहरूको जिल्ला सञ्जाल, फोकस नेपाल लगायतका संस्थाहरूको आयोजनामा धादिङबेसीस्थित एमाले चोकमा दिप प्रज्ज्वलन गरिएको हो ।

IMG_0180

दिप प्रज्ज्वलन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे, नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विक, जिल्ला प्रहरी कार्यालयका एसपि गौतम मिश्र, नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषेतम सुवेदी लगायतकाको सहभागिता रहेको थियो ।

उक्त दिप प्रज्ज्वलन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले महिला हिंसा विरुद्धको अभियान जनस्तरमा जागरुकता फैलाउने र महिला हिंसा न्यूनीकरण गर्ने कार्यमा सबै सरकारी तथा गैरसरकारी संस्थाहरूसँग समन्वय आवश्यक रहेको बताउनु भयो ।

महिला हिंसा, यौन हिंसा, बलात्कार तथा घरेलु हिंसा लगायतका घटना छिटोछरितो तरिकाले कारबाही हुने गरी कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्रले उल्लेख गर्नुभयो ।

अभियानको १६ दिन नै विभिन्न सचेतनामूलक कार्यक्रम गरि मनाइने सो अवसरमा जानकारी दिइएको छ ।

IMG_0202

अन्य

भिडियो