अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशद्वारा राक्सिराङ गाउँपालिका-५ स्थित श्री प्रजा जागृती आधारभूत विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले लैङ्गिक हिंसा तथा बालविवाहविरुद्ध ०८० वैशाख २९ गते चैनपुरमा सडक नाटक प्रदर्शन गरेको छ ।
यस नाटकमा सनै उमेरमा विवाह गर्दा धेरै समस्याहरू उत्पन्न हुने हुनाले यसलाई रोकथामको प्रयास गर्न सबैको सहभागिता हुनुपर्नेमा जोड दिइएको छ ।
लैङ्गिक हिंसा तथा बालविवाह रोकथाम गर्न सबै बालबालिका, अभिभावक, विद्यालय प्रशासन र विभिन्न सरकारवालाहरूको निकै ठूलो भूमिका हुने कुरा नाटकमा उल्लेख छ ।
समाजमा छोरा र छोरीबीचको विभेद र बालविवाह भएपछिको अवस्थामा के कस्ता समस्या र दुख आइपर्छ भनेर नाटकको माध्यमबाट देखाइएको थियो ।
सडक नाटक प्रदर्शनी पस्चात गाउँपालिका अध्यक्ष एवम् कार्यक्रमको प्रमुख अतिथि राजकुमार मल्लले बालविवाहलाई तत्काल रोक्नुपर्ने अविभारा गाउँपालिकाको काधमा रहेको बताउनु भयो ।
राक्सिराङ बालविवाहले जगडिएको ठाउँ भएको भन्दै बालविवाह रोकथामको लागि अभिभावक आफै पनि सचेत हुनुपर्ने अध्यक्ष मल्लले बताउनु भयो ।
यस कार्यक्रममा राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, मानव अधिकार समूह राक्सिराङ संयोजक तथा कार्यपालिका सदस्य चन्द्रमान प्रजा, शिक्षा शाखाका प्रतिनिधि पासाङ लामा, श्री प्रजा जागृती आधारभूत विद्यालयका प्रधानाध्यापक, शिक्षक अभिभावक समिती अध्यक्ष लगाएतकाको अतिथ्यता रहेको थियो ।

