बागमती प्रदेश युवा परिषदका उपाध्यक्ष सन्तोष चौँलागाईँले लैङ्गिक हिंसाको पहिचान र प्रतिकार गर्नलाई तयार रहन युवा वर्गलाई अनुरोध गर्नु भएको छ । गैरसरकारी संस्था महासङ्घ, मकवानपुरको आयोजना, हेटौँडा उपमहानगरपालिका र इन्सेक लगाएत विभिन्न सङ्घ संस्थाको समन्वयमा भएको कार्यक्रममा “लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानिको ऐक्यबद्धता” भन्ने मूल नाराका साथ सुरु भएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत ‘लैङ्गिक हिंसा अन्त्यको लागि युवा विद्यार्थिको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा परिषदका उपाध्यक्ष चौँलागाईँले सो कुरा बताउनु भएको हो ।

मकवानपुर क्याम्पस, हेटौँडा स्कुल अफ मेनेजमेन्ट, सिटी कलेज लगायतका ९० जना छात्र छत्रा उपस्थित रहेको कार्यक्रममा गैसस महासङ्घ बागमती प्रदेशका सदस्य तथा इन्सेक बागमती प्रदेशसंयोजक गणेश भण्डारीले लैङ्गिक हिंसा विरुद्धको अभियान कलेजमा पढ्ने छात्रा छात्रबीच पुर्याउन सके यसले कलेजमै हुने हिंसालाई न्यूनीकरण गर्न सकिने अन्य छात्र छात्राहरूमा पनि सचेतना बढ्ने हुँदा यस कार्यक्रमको ठूलो महत्व रहेको बताउनु भयो ।

लैङ्गिक हिंसा के हो भन्ने बारेमा ज्ञान नहुँदा पनि हिंसा सहेर बस्नु पर्ने बाध्यता रहेको र सुरका दिनमै हिंसाको प्रतिकार गर्न नसके त्यो बढ्दै गएर यौन हिंसा जस्तो गम्भीर अपराधमा परिणत हुने गरेको संयोजक भण्डारीले बताउनु भयो । उहाँले इन्सेक बागमती प्रदेको सन् २०२३ को मानव अधिकार उल्लङ्घन तथा ज्याततिका घटनामा दुई तिहाई घटनामा महिला तथा बाल बालिका पीडित रहेका छन् भने त्यसमा पनि एक तिहाई घटना लैङ्गिक हिंसा विरुद्धका अभिलेख भएको बताउनु भयो ।

त्यसैगरी गैरसरकारी संस्था महासङ्घ बागमती प्रदेश प्रमुख आरती पाठकले युवाहरूले लैङ्गिक हिंसा अन्त्यको गर्नको लागि सबैलाई सचेत गराउनु पर्नेमा जोड दिनुभयो । उहाँले कार्यक्रममा लैङ्गिक हिंसा कसरी सुरु भयो र यसको महत्त्व के कस्तो छ भन्ने कुराको सन्देश दिनुभएको थियो ।

गैरसरकारी संस्था महासङ्घका अध्यक्ष रमिला सपकोटाले उक्त कार्यक्रमको उद्देश्वमाथि प्रकाश पार्नुभएको थियो ।
उक्त कार्यक्रममा बागमती प्रदेश युवा परिषदका उपाध्यक्ष सन्तोष चौँलागाईँ, गैसस महासङ्घ बागमती प्रदेश प्रमुख आरती पाठक, इन्सेक बागमती प्रदेशसंयोजक गणेश भण्डारी, गैरसरकारी संस्था महासङ्घका अध्यक्ष रमिला सपकोटा, बागमती प्रदेश प्रहरी कार्यालयका इन्स्पेक्टर दिपक सुवेदी, मकवानपुर क्याम्पस, हेटौँडा स्कुल अफ मेनेजमेन्ट, सिटी कलेजका विद्यार्थीहरू र विभिन्न सङ्घ संस्थाहरूका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।


