बेलौरी नगरपालिका–२ गोकुलपुरस्थित श्री लक्ष्मी माध्यामिक विद्यालय र वडा नम्बर–३ खिरीयास्थीत श्री जनजागृती पुष्पलाल स्मृती माध्यामिक विद्यालयमा इन्सेकद्धारा गठित बाल अधिकार चेतना समूहले ०८१ मङ्सिर २३ गते लागुऔषध दुर्व्यसनी विरुद्ध जनचेतना जगाउनका लागि नगरपालिकाका बिभिन्न स्थानहरुमा सडक नाटक प्रदर्शन गरेको छ ।
लागुऔषध दुर्व्यसनी विरुद्ध सचेतनामूलक सडक नाटकमा लागुऔषध दुर्व्यसनीले समाजमा पारिरहेको असर र न्यूनीकरणमा सरोकारवालाहरुको भूमिका बिषयमा सडक नाटक प्रस्तुत गरेका छन् ।
यसैगरी बेलौरी नगरपालिकाको महिला तथा बालबालिका शाखाको साझेदारीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसर पारेर बेलौरी नगरपालिका वडा नम्बर ३ कार्यालयको प्राङ्गणमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बाल अधिकार चेतना समूहले लागु औषध दुर्व्यसनीले समाजमा पारिरहेको असर र न्यूनीकरणमा सरोकारवालाहरुको भूमिका बिषयमा सडक नाटक तयार पारेर प्रदर्शन गरेको थियो ।

बेलौरी नगरपालिका वाड नम्बर २ का अध्यक्ष कुलबिर चौधरीले बालबालिकाहरुले प्रदर्शन गरेको सडक नाटकले समाजको यथार्थ चित्रण गरेको बताउँदै नाटकले दिन खोजेको सन्देशलाई मनन् गरेर आआफ्नो घर तथा समाजमा भइरहेको लागुऔषध दुर्व्यसनीका कारण हुने लैङ्गिक हिंसा न्यूनीकरणका लागि आफैबाट सुरुवात गर्न सहभागीहरुलाई आग्रह गर्नु भयो ।
विओपी थापाचौकका प्रमुख सागरसिंह धामीले पछिल्लो समयमा बेलौरी नगरपालिका लागुऔषध ओसार पसार तथा सेवन गर्नेहरुको मुख्य केन्द्र बन्दै गइरहेकोले यस्ता खाले नाटकहरुमार्फत समाजमा सकारात्मक सन्देश प्रबाह गरेकोमा बालअधिकार चेतना समूहलाई धन्यवाद ज्ञापन गर्दै नाटकमार्फत बालबालिकाहरुले दिन खोजेको सन्देश बास्तममै मननयोग्य रहेको र यस्ताखाले नाटकहरुलाई नगरपालिकाको टोलटोलमा प्रदर्शन गर्न आवश्यक रहेको बताउनु भयो ।
१५ जाना पात्रहरु रहेको सडक नाटकमा शिक्षक, विद्यार्थी, अभिभावक, भलमन्सा, जनप्रतिनिधि, मानव अधिकार समूहका सदस्यहरुलगायतको सहभागिता रहेको थियो ।