अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान पारित गर्न अनुरोध गर्दै प्रधानमन्त्रीलाई सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत ०८३ साउन १ गते अधिकारमर्कीहरुद्वारा ज्ञापन—पत्र बुझाएको छ ।
अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाका लागि रोम विधान पारित गरिएको १७ जुलाईको दिनलाई स्मरण गर्दै नेपाल सरकारले रोम बिधान पारित गर्न ज्ञपन— पत्र मार्फत अनुरोध गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन —पत्र बुझाउन जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा पुगेको टोलीमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का जिल्ला प्रतिनिधि, मानव अधिकार रक्षक संजाल बागमती प्रदेश, गैरसरकारी संस्था महासंघ सिन्धुपाल्चोक, महिला मानव अधिकार रक्षक सञ्जाल सिन्धुपाल्चोक, जीवन बिरुद्ध दुव्र्यसन सिन्धुपाल्चोक, एकिकृत सामुदायीक बिकास सरोकार मञ्च नेपाल, शक्ति समुह, नेपाल हृदयरोग निवारण प्रतिष्ठान सिन्धुपाल्चोक रहेका छन् ।
जिल्लामा क्रियाशिल मानवअधिकार रक्षकहरुको तर्फबाट इन्सेक प्रतिनिधिले बुझाएको ज्ञापन—पत्र बुझ्दै सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी सशिधर घिमिरेले प्राप्त भएको ज्ञापन—पत्रलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने प्रतिवद्धता जनाउनुभयो ।