INSEC Online

📅 २०८३ जेष्ठ २१

रूपा गाउँपालिकामा मानव अधिकार समूह गठन तथा परिचयात्मक कार्यक्रम सम्पन्न

कियोस परियोजना अन्तर्गत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले रूपा गाउँपालिकामा मानव अधिकार समूह गठन तथा परिचयात्मक कार्यक्रम भदौ ४ गते सम्पन्न गरेको छ ।

कार्यक्रममा रूपा गाउँपालिका अध्यक्ष नवराज ओझाले जनताका सबै अधिकारलाई सुनिश्चित गराउन गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले मानवअधिकार समूह र गाउँपालिकाबिच यसअघि पनि सहकार्य र समन्वयमा कार्यक्रम गर्दै आएको बताउँदै आगामी दिनमा पनि त्यसलाई बढाउँदै लैजाने बताउनुभयो ।

photo20210823Kaski2

स्वास्थ्यको अधिकारलाई प्रत्याभूत गराउन कोभिड–१९ सङ्क्रमण तिव्र रुपमा फैलिएको समयमा गाउँपालिकाले प्रत्येक नागरिकको घरघरमा पुगेर स्वास्थ्य परीक्षण र आवश्यक स्वास्थ्य सामाग्री प्रदान गरेको उहाँले बताउनुभयो ।

उहाँले गाउँपालिकाभित्र रहेका मुस्लिम, कुमाल, बोटे समुदायमा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसँगै सचेतना मुलक अभियान सञ्चालनमा गाउँपालिका सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङले विगतमा गाउँपालिकासँगको समन्वयमा इन्सेकले कार्यक्रम गर्दै आएको स्मरण गराउदै नयाँ कार्यसमितिले पनि लक्षित समूहको पहिचान गर्दै उनीहरुको अधिकार स्थापित गराउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

photo20210823Kaski3

उहाँले इन्सेकका कार्यक्रमलाई गाउँपालिकाबाट सदैव सहयोग रहने बताउँदै नागरिकहरुकाे शिक्षा, स्वास्थ्य, खाद्य र आवास मात्रै नभइ सबै खाले अधिकारलाई स्थापित गराउन प्रतिबद्ध रहेको बताउनुभयो ।

मानव अधिकार समूहका निर्वतमान अध्यक्ष क्याप्टन हर्कबहादुर खत्रीले शिक्षा, स्वास्थ्य, खाद्य र आवासका अधिकारका सवालमा समूहले स्थानिय सरकारसँग अझ प्रभावकारी रुपमा समन्वय गरी काम गर्न शुभकामना व्यक्त गर्नुभयो ।

इन्सेकद्वारा गठन गरिएको मानव अधिकार समूहमा तिल बहादुर खड्क संयोजक, चुना क्षेत्री उपाध्यक्ष, खस बहादुर गुरुङ सचिव, देवी न्यौपाने कोषाध्यक्ष हुनुभएको छ भने सदस्यहरुमा इरसाद मियाँ, सर्मिला खनाल, ध्रुब थापा, उदय बहादुर कुमाल, कौशिला परियार र जीवन अधिकारी रहनुभएको छ ।

photo20210823Kaski1

इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले नागरिकहरुको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारलाई स्थापित गराउनको  लागि मानव अधिकार समूहको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले गाउँपालिकाबाट प्रवाह हुने सेवाहरू के कस्ता छन् र त्यसमा आम नागरिकहरूको पहुँच भए नभएको विषयमा मानव अधिकार समूहले ध्यान दिनुपर्ने बताउनुभयो ।

इन्सेक कार्यक्रम अधिकृत सवनम शर्माले मानव अधिकार समूहको काम, कर्तव्य तथा आचार संहिताको विषयमा जानकारी गराउँदै यसअघि मानव अधिकार समूहले प्राप्त गरेका सफलताहरूको बारेमा जानकारी दिनुभएको थियो ।

अन्य

भिडियो