INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा ०८२ चैत २५ गते इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीको अध्यक्षतामा मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न गरिएको छ ।

बैठकमा यसअघि सचिवालयले गरेका निर्णयको अनुमोदन, पीडितका निवेदन, लैङ्गिक हिंसा निवारण कोषको प्रभावकारिता विषयका प्रस्तावमाथि छलफल गरिएको थियो । मानव अधिकार सहायता कक्षमा प्राप्त तीन ओटै निवेदनमा निर्णय गरिएको छ ।

बराहताल गाउँपालिका–५, की २९ वर्षीया विनिता गौतमलाई कानुनी सहायताका लागि इन्सेकले ६ हजार रुपियाँ सहयोग गर्ने, त्यस्तै गुर्भाकोट नगरपालिका–८ की २० वर्षीया सिर्जना गहतराजलाई फेडो सुर्खेतले सहयोग गर्ने र भेरीगंगा नगरपालिका–९ की ५२ वर्षीया कौशिला सार्कीलाई आर्थिक सहायताका लागि वीरेन्द्रनगर नगरपालिकाको महिला तथा बालबालिका शाखामा सिफारिस गर्ने निर्णय गरिएको इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले जानकारी दिनुभयो ।

बैठकमा राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालय, उच्चवार एसोसिएसन सुर्खेत, फेडो, आवाज, ओसिएमसी, तथा वीरेन्द्रनगर नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कर्णाली प्रदेश कार्यालय

अन्य

भिडियो