INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार समूहद्वारा समीक्षा तथा रणनीतिक कार्ययोजना सम्बन्धमा बैठक

Meeting (1)
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा डाक्नेश्वरी नगरपालिकामा मानव अधिकार समुहद्वारा सम्पन्न कार्यको समीक्षाका साथै आगामी रणनीतिक कार्ययोजना सम्बन्धमा ०८० मङ्सिर २८ गते बैठक सम्पन्न भएको छ ।

बैठकमा मानव अधिकार समूहले शिक्षा, स्वास्थ्य, वातावरण, महिला हिंसा र सबै प्रकारका समस्याहरूको ध्यानाकर्षण, आगामी रणनीतिक कार्ययोजना सम्बन्धमा बैठक बसेर योजना निर्माण गरेको छ ।

डाक्नेश्वरी नगरपालिका भित्रका समस्याहरू समाधानका लागि विगतमा लिइएको कार्ययोजना विविध रूपमा सम्पन्न गर्ने निर्णय गरिएको सप्तरी सहजकर्ता अजय परियारले जानकारी दिनु भयोे । महिला हिंसा र न्यायबाट वञ्चित व्यक्तिहरूको विषयमा नगर प्रमुख र महिला तथा बालबालिका शाखालाई ध्यानाकर्षणसहित पहल गर्ने, डाक्नेश्वरी नगरपालिका भित्र कुनै पनि ठाउँ वा गाउँ घरमा रहेको समस्या, महिला हिंसा तथा मानव अधिकार र वातावरण संरक्षण अभियान सञ्चालन गर्ने कार्ययोजना बनेको छ ।

डाक्नेश्वरी नगरपालिका मानव अधिकार समूहले कात्तिक १४ गते स्थानीय तहको समस्या पहिचान तथा कार्ययोजना निर्माण बैठकले गरेको निर्णयलाई मानव अधिकार समूहका अध्यक्ष, सम्पूर्ण सदस्य र इन्सेकबाट खटिएको जिल्ला सहजकर्तासहितको टोलीले ०८० पुस ४ गते डाक्नेश्वरी नगरपालिका कार्यालय गएर ध्यानाकर्षण पत्र बुझाऊने निर्णय गरिएको छ ।

कार्यक्रममा डाक्नेश्वरी नगरपालिका मानवअधिकार समूहका अध्यक्ष रामचन्द्र मण्डलले सबै पक्ष मिलेर मानव अधिकार संरक्षण गर्न र मानव अधिकार समूहद्वारा सम्पन्न कार्यको समीक्षा तथा आगामी कार्ययोजना र रणनीति सम्बन्धमा जानकारी प्राप्त गर्न कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । मानव अधिकार समूहले स्थानीय तहसँग समन्वय गरी शिक्षा, स्वास्थ्य, लैङ्गिक हिंसा, वातावरणको अधिकार तथा जातीय विभेद सम्बन्धी सचेतनामूलक कार्यक्रमसँगै वातावरण र मानव अधिकारको रक्षाका लागि काम गरिरहेको मण्डलले बताउनुभयो ।

Meeting (4) Meeting (1) Meeting (2) Meeting (3)

अन्य

भिडियो