
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा डाक्नेश्वरी नगरपालिकामा गठित नगरस्तरीय मानव अधिकार समूहले सोही नगरपालिका वडा नं ७ का वडाध्यक्ष सत्रुधन मण्डललाई असार १ गते ध्यानाकर्षण-पत्र बुझाएको छ ।
डाक्नेश्वरी नगरपालिका-७ निवासी सुस्त मनस्तिथीका २५ वर्षीय समिम सरदार नागरिकता नभएको कारणले राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित हुनुपरेको घटनाको नगरस्तरीय मानव अधिकार समूहले ०८२ जेठ २५ गते अनुगमन गरी वडाध्यक्ष मण्डललाई ध्यानाकर्षण-पत्र बुझाएको हो ।
नागरिकता बिहिन सरदार परीवारले मानव अधिकार समूहलाई नेपाली नागरिकता बनाइदिनुहुन सहजिकरण गरिदिननुहुन भनि जेठ २१ गते निवेदन मार्फत अनुरोध गर्नु भयो ।
वडाध्यक्ष मण्डलले ध्यनाकर्षण-पत्र बुझ्दै यस समस्याको समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भयो ।
मानव अधिकार समूहका अध्यक्ष रामचन्द्र मण्डल, सदस्य सुनिता सरदार र इन्सेक जिल्ला सहजकर्ता अजय परियार लगायतको टोलीले स्थलगत अनुगमन गरी वडाध्यक्षलाई ध्यानाकर्षण-पत्र बुझाउनु भयो ।