
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा शम्भुनाथ नगरपालिकामा गठित मानव अधिकार समूहले शम्भुनाथ नगरपालिकाका कार्यवाहक नगर प्रमुख अनिता चौधरीलाई ०८२ असार ४ गते ध्यानाकर्षण गराएको छ ।
नगरस्तरीय मानव अधिकार समूहका सदस्यहरूले शम्भुनाथ नगरपालिका वडा-७ स्थित श्री जनता आधारभूत विद्यालयको अनुगमन गरेका थिए । अनुगमनको क्रममन टोलिले विद्यालय व्यवस्थापन समिति गठन नभएको, शुद्ध खाने पानीको उचित व्यवस्थापन नभएको, कम्पाउन्ड वाल पुर्णरुपले निर्माण हुननसकेको जस्ता समस्याहरू पहिचान गरेका थिए । यी समस्याहरूका कारण विद्यालयमा भएको शिक्षण सिकाई क्रियाकलाप समेत प्रभावित भएको टोलिले बताए ।
मानव अधिकार समूहका अनुसार विद्यालयमा देखिएका समस्याहरूको समाधान गरी शैक्षिक व्यवस्थालाई सुधार गर्न कार्यवाहक नगर प्रमुख अनिता चौधरीलाई ध्यानाकर्षण गराएको हो ।
स्थानीयका अनुसार विगत एक वर्ष देखि विद्यालयमा विद्यालय व्यवस्थापन समिति नभएको कारण विद्यालयको शैक्षिक स्तरमा ह्रास आएको र विद्यार्थीहरूमा यसको प्रत्यक्ष प्रभाव परेको छ ।
वडाध्यक्ष गोपाल प्रसाद चौधरले विद्यालय व्यवस्थापन समिति गठनको लागि पालिकामा मेरो पहल भइरहेको र शौचालय सरसफाई र भौतिक संरचनाहरू निर्माण तथा पुन: निर्माणको लागि पनि सिघ्र पहल गर्नेछु भन्दै प्रतिबद्धता जनाउनु भयो ।


त्यसैगरी कार्यवाहक नगर प्रमुल चौधरीले यस विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ र छिट्टै विद्यालयको समस्या समाधानको लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
नगर स्तरीय मानव अधिकार समूहका अध्यक्ष नथरी देवी दास, प्रदेश अध्यक्ष देवी माया भट्टराई, सदस्य शुशिला बिस्वकर्मा र इन्सेक जिल्ला सहजकर्ता अजय परियार लगायतको टोलीले विद्यालयको अनुगमन गरी नगर प्रमुख चौधरीलाई ध्यानाकर्षण गराएको हो ।
