अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयद्वारा गठित कास्कीको माछापुच्छ्रे गाउँपालिकामा मानव अधिकार समूहले १५ बुदे मागदाबीसहितको ध्यानाकर्षण पत्र बुझाएका छन् ।
समूहले माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिन बहादुर गुरुङलाई माघ २८ गते उक्त ध्यानाकर्षण पत्र बुझाएको हो ।
उक्त पत्रमा विभिन्न अनुगमनबाट शिक्षा, स्वास्थ्य, वातावरण, जातीय विभेदको बारेमा समस्या पहिचान गरि समस्या समाधानका लागि स्थानीय तहलाई जिम्मेवार तथा जवाफदेहि बनाउनका लागि माग राखि मानव अधिकार समूहका अध्यक्ष डिल्लीराम भण्डारी, सदस्य दिलु पुन र देवी अधिकारी तथा सहजकर्ता सुस्मा आचार्य अधिकारीले उक्त ध्यानाकर्षण पत्र अध्यक्षलाई पेश गर्नुभएको हो ।
ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष गुरुङले समूहले पहिचान गरेका समस्या समाधान गर्न आफू तयार रहेको बताउनुभयो ।


