INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार संरक्षणका सवालमा प्रतिबद्ध रहेको जनप्रतिनिधिहरूको भनाई

शिवालय गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको संरक्षण गर्ने विषयमा जनप्रतिनिधिहरूले प्रतिबद्धता जनाउनुभएको छ ।
इन्सेक जाजरकोटको आयोजनामा पुस १८ गते शिवालय गाउँपालिकाको ऐरेलीमा सम्पन्न मानवअधिकारको अवस्था र शिक्षा, स्वास्थ्य, खाद्य, आवासको अधिकार विषयक अन्तरक्रिया कार्यक्रमका सहभागी जनप्रतिनिधिहरूले सो प्रतिबद्धता जनाउनुभएको हो ।

कार्यक्रममा सहभागीहरूले शिवालय गाउँपालिकाभित्रका शिक्षकहरूको विद्यालयमा अनियमितता, गुणस्तरहीन शिक्षा, समयमै पाठ्यपुस्तक विद्यार्थीमाझ नपुग्ने र विद्यालयमा आवश्यक शिक्षक दरबन्दी नहुँदा भएका आईपर्ने समस्याहरू राख्नुभएको थियो ।

अन्तरक्रिया कार्यक्रममा शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले शिवालय गाउँपालिकाभित्र रहेका शिक्षा, स्वास्थ्य, खाद्य र आवास लगायतका समस्या समाधानबारे स्थानीय तह गम्भीर रहेको बताउनुभयो । अध्यक्ष शाहीले गाउँपालिकामा रहेका केही जटिल खालका समस्यालाई पहल गराउनका लागि अरू तहका सरकारसँग समन्वय गर्ने अभियानमा गाउँपालिका रहेको समेत जानकारी दिँदै गाउँपालिकाबाट दिईने सेवा प्रवाहमा भएका कमजोरी बारे मानव अधिकार समूहले गाउँपालिकालाई जानकारी गराउन आग्रह गर्नुभयो ।

कार्यक्रममा स्थानीय सरोकारवाला निकायका प्रतिनिधि, जनप्रतिनिधि, स्थानीय बासिन्दा तथा संचारकर्मीहरूको सहभागिता रहेको थियो ।
Photo20200104Jajarkot01 Photo20200104Jajarkot02

अन्य

भिडियो