INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार श्रोत केन्द्र तथा सहायता कक्ष स्थापना

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गण्डकी प्रदेश कार्यालयमा मानव अधिकार श्रोत केन्द्र तथा सहायता कक्ष मङ्सिर १९ गते स्थापना गरिएको छ ।

Photo20211207Kaski (1)

मानव अधिकारसम्बन्धी स्रोतको अधिक्तम उपयोग, इन्सेकका प्रकाशनहरुको अध्ययन, मानव अधिकार उल्लङघनबाट पीडितहरुलाई आर्थिक तथा न्यायिक सहायताको लागि इन्सेकसँग समन्वय र सहकार्य, मानव अधिकार उल्लङघन पीडितहरुका बारेमा जानकारी दिने उद्धेश्यले मानव आधिकार स्रोत केन्द्र तथा सहायता केन्द्रको इन्सेकद्धारा स्थापना गरिएको छ ।

कार्यक्रममा शान्तिका लागि नागरिक समाजको सञ्जालका संयोजक विना सिलवालले इन्सेकले स्थापना गरेको मानव अधिकार श्रोत केन्द तथा सहायता कक्षबाट मानव अधिकारका विषयलाई अध्ययन गर्न उपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले मानब अधिकार उल्लङघनका घटनाहरु भएमा सो को बारे श्रोत केन्द्रमा जानकारी गराइ दस्ताबेजिकरण गर्न आवश्यक रहेको बताउदै यसले पीडितलाई न्याय दिलाउन मद्दत गर्ने बताउनुभयो ।

Photo20211207Kaski (3)

अधिवक्ता कुञ्जनी परियारले इन्सेकले स्थापना गरेको मानव अधिकार सहायता केन्द्रले मानव अधिकारको संरक्षण र प्रर्वद्धनमा महत्वपूर्ण सहयोग पुप्ने विश्वास व्यक्त गर्नुभयो ।

गैसस महासङ्घ कास्की अध्यक्ष पदमराज पहारीले मानव अधिकार सहायता कक्षलाई बढी भन्दा बढी उपयोग गर्न सबैको दायित्व रहेको बताउदै कक्षको सही प्रयोगले मानव अधिकारको अवस्थामा सुधार ल्याउने बताउनुभयो ।

कार्यक्रममा इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले इन्सेकले यस किसिमको सहायता कक्ष सातै ओटा प्रदेशमा स्थापना गर्ने उद्धेश्य रहेको बताउनुभयो । श्रोत केन्द्रले मानव अधिकारका विषयमा अध्ययन गर्ने, पीडितलाई न्याय दिलाउन र आर्थिक अवस्था कमजोर भएका पीडितहरुलाई न्याय प्राप्तिमा सहयोग गर्न नागरिक समाजसँग समन्वय गरी समस्या समाधान गर्न सहायता कक्षको स्थापना गरिएको जानकारी दिनुभयो ।

अन्य

भिडियो