INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घनका घटनाहरूको अर्धवार्षिक समीक्षा कार्यक्रम असार ९ गते गमगढीमा सम्पन्न गरिएको छ ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि सर्जन कुमार शाहीले सन् २०२४ जानवरी देखि जुन सम्मको सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घनका १२ ओटा घटना प्रस्तुत गर्नु भएको थियो । कुटपिट  चार ओटा , दुर्व्यवहार  एक ओटा, महिला हिंसाको सात ओटा घटनाहरु प्रस्तुत गर्नुभएको थियो । ६ महिनाको तथ्याङ्क अनुसार सबै भन्दा बढी महिला हिंसाका घटना रहेको पाइयो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यलयका डिएसपी बिरेन्द्र थापाले इन्सेकले गरेको मानव अधिकार उल्लङ्घन घटनाको अभिलेखले मानव अधिकारमा ठुलो सहयोग पुर्याएको बताउनु भयो । जिल्ला प्रहरी कार्यलयमा परेका उजुरी राम्रोसँग विवरण नराखेको इन्सेकको गुनासो प्रति आफ्नो ध्यानाकर्षण भएको र अब आउदा दिनहरुमा सबै विवरण अभिलेख गर्ने उहाँले बताउनु भयो ।

जिल्ला नागरिक समाजका अगुवा रुप बहादुर मल्लले इन्सेकले सङ्कलन गरेका घटना यथार्थ भएको र मानव अधिकार उल्लङ्घन सम्बन्धीका घटना न्यूनीकरणका लागि इन्सेकले जनचेतना मुलुक तालिम वा गोष्ठी गर्न इन्सेकलाई सुझाव दिनु भयो र स्थानीय सरकारका न्यायिक समितिहरु कमजोर भएको कारण स्थानीय तहमा मानव अधिकारका उजुरी नै नपर्ने गरेको बताउनु भयो ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्ष नृपेन्द्र बहादुर मल्ले जिल्लामा समयमा खाद्यान्न नआउने र अभाव भएर जनताले दुःख पाउने गरेको कुरालाई खाद्य अधिकारको बारेमा घटनामा विशेष जोड दिनको लागि इन्सेकलाई आग्रह गर्नु भयो ।

जिल्ला सरकारी वकिल कार्यालयका अधिवक्ता चन्द्र बहादुर खत्रीले जिल्लामा मानव अधिकारका उजुरी प्राय जिल्ला प्रहरी कार्यलयमा आउने र  मेलमिलाप हुने कुरा बताउनु भयो ।

कार्यक्रममा पुर्व इन्सेक जिल्ला प्रतिनिधि जीवन सेजुवालले जिल्लामा सबै भन्दा बढी महिला हिंसाका घटनाहरु हुने तर स्थानीय तहको न्यायिक समितिमा नआउने र गाउँमा भएका प्रहरी चौकिमा नै मेलमिलाप हुने उक्त क्षेत्रमा सम्पर्क गरेर घटना सङ्कलन गर्न सुझाव दिनु भयो ।

Photo20240623Jumla (1)

Photo20240623Jumla (2)

Photo20240623Jumla (3)

अन्य

भिडियो