INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा सङ्कलन गरिएका घटनाको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस ६ गते पर्सामा सम्पन्न गरिएको छ ।
पर्सामा एक वर्षको अवधिमा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रतिवेदन इन्सेक पर्सा प्रतिनिधि कृष्णचन्द्र लामिछानेले पस्तुत गर्नु भएको थियो ।
प्रतिवेदनमा ७५ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू उल्लेख छ । त्यसमध्ये बालिका बलात्कारका ३७ ओटा घटना छन् ।

photo20211221parsa
महिला बलात्कारका नौ, बलात्कार प्रयासका पाँच, बालविवाहका चार, बहुविवाहका चार, हत्याका पाँच, बेचबिखनका तीन, ‘बोक्सी’को आरोपका दुई ओटा लगायतका घटना प्रतिवेदनमा समेटिएको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका एसपी रमेशकुमार बस्नेतले कानुनको अनभिज्ञता क्षम्य नहुने भन्दै सबै मानिसले कानुनको जानकारी राख्नु आवश्यक रहेको बताउनु भयो ।
उहाँले कानुन कार्यान्वयन गर्ने निकायले कार्यान्वयन गर्नै पर्ने भएकाले कानुन कार्यान्वयन गर्ने क्रममा राज्यपक्षबाट हुने मानव अधिकार उल्लङ्घनका घटना नहोस भन्ने विषयमा प्रहरी निकै संवेदनशील भएको बताउनु भयो ।
इन्सेक पर्सा प्रतिनिधि कृष्णचन्द्र लामिछानेले यस वर्ष बालबालिका पीडित भएका घटना बढी भएकाले बालबालिकामा अभिभावकत्व भूमिका कम भएको पाइएको बताउनु भयो ।
‘यो समाजको लागि अत्यन्त गम्भीर र चिन्ताको विषय रहेको भन्दै उहाँले दाइजोसँग जोडिएर हुने मानव अधिकार उल्लङ्घटनाका घटनाले समाजमा फैलाइने सचेतनाका कार्यक्रमहरूको प्रभाव कम भएको देखिएको छ ।’–लामिछानेले भन्नु भयो ।

अन्य

भिडियो