INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

इन्सेकको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा असार १८ गते बाजुरामा सम्पन्न भएको छ ।

समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि पदमबहादुर सिंहले ६ महिनाको अवधिमा घरेलु हिंसाका २८,  बलात्कारका सात, बालविवाहको एक, हत्याका ६, बहुविवाहका दुई, बलात्कार प्रयासका एकलगायत ५० ओटा घटना प्रस्तुत गरेका थिए ।

घरेलु हिंसाका घटनाहरू मदिरा सेवनका कारण  हुने गरेको र सबै यस प्रकृतिका घटनाहरू मिलापत्रमा नै सीमित रहेको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा बडिमालिका नगरपालिका–२ का अध्यक्ष डम्बर महतले स्थानीय तहमा निर्माण गरिएका न्यायिक समितिका काममा सुस्तता आएकोले त्यसलाई प्रभावकारी बनाउन नागरिक समाज र इन्सेकले स्थानीय तहमा कानुनी सचेतनासम्बन्धी कार्यक्रम सञ्चालन गर्न आग्रह गरे ।

अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष कमलकुमारी शाहले जनप्रतिनिधिहरू नै गैरन्यायिक काममा लागेकोले त्यसको खबरदारीका लागि इन्सेकले भूमिका निर्वाह गर्नुपर्ने बताइन् ।

नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका अध्यक्ष प्रकाश सिंहले समाजमा हुने सबै प्रकारका मानव अधिकार विरूद्धका घटना न्यूनीकरणमा राजनीतिक पार्टीहरू पूर्ण रूपमा जिम्मेवार हुने पर्नेमा जोड दिए ।

photo20190703bajura (1)

photo20190703bajura (2)

photo20190703bajura (3)

photo20190703bajura (4)

photo20190703bajura (5)

photo20190703bajura (6)

photo20190703bajura (7)

अन्य

भिडियो