नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि अभिलेखित घटनाको प्रकाशन पुर्व अर्धवार्षिक समीक्षा असार १६ गते महेन्द्रनगरमा सम्पन्न गरिएको छ ।

अर्धवार्षिक समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि कोमलनिरन्जन भाटले मानव अधिकार वर्ष पुस्तकका लागि सन् २०१९ जनवरीदेखि जुनसम्म सङ्कलन गरेका २८ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना प्रस्तुत गरेका थिए ।
जसमध्ये २२ ओटा घरेलु हिंसा, तीन ओटा गैरकानुनी थुना र तीन ओटा सम्पति क्षतिसहित २८ ओटा घटना रहेका छन् ।
जिल्ला समन्वय समिति प्रमुख फैरू तामाङले इन्सेकले मानव अधिकार संरक्षणमा मार्ग दर्शकको रूपमा काम गरेको बताउँदै मानव अधिकार उल्लङ्घनका घटनाहरू न्यूनीकरण गर्नका लागि राज्यले ध्यान दिनु पर्ने बताए ।
मानव अधिकार निगरानी समूह, कञ्चनपुरकी संयोजक पुनमसिंह चन्दले मानव अधिकारको क्षेत्रमा इन्सेकले महत्वपूर्ण भुमिका रहेको बताउँदै मानव अधिकार उल्लङ्घनका घटनाहरूमा संलग्नहरूलाई खबरदारी गर्नुका साथै मानव अधिकार शिक्षासम्बन्धी सचेतनामुलक कार्यक्रम गर्न सुझाव दिइन् ।