INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार रक्षक सञ्जाल गठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयको आयोजनामा जिल्ला स्तरीय मानव अधिकार रक्षकहरूको सञ्जाल निर्माण गरिएको छ ।

मानव अधिकार रक्षकहरूलाई संगठित गरी मानव अधिकारका क्षेत्रमा वकालत तथा पैरवी गर्दै पीडितलाई न्याय दिलाउने र पीडकलाई कार्वाहीको दायरा सम्म पुर्याउने उदेश्यले फागुन २४ गते एक कार्यक्रमको आयोजना गरी साथ नागरिक अगुवा राजेन्द्र विक्रम शाहको संयोजकत्वमा १३ सदस्यीय सञ्जाल गठन गरिएको छ ।

20210308 Jajarkot 1

उक्त सञ्जालमा महिला मानव अधिकार रक्षक सञ्जालकी बिजया नगरकोटी सह–संयोजक, नेपाल मानव अधिकार संगठनका केदार बहादुर शाह, एम्नेस्टी इन्टरनेशनलका राजेन्द्र कार्की, गैसस महासँघका सहदेव बस्नेत, नेपाल पत्रकार महासँघका दीपबहादुर घर्ती, मालिका सामुदायिक सेवा केन्द्रका बिर्ख बहादुर कार्की, सुन्दर नेपाल संस्थाका जितेन्द्र बुढा, सिविन नेपालकी सुमित्रा विक, राष्ट्रिय दलित नेटवर्ककी बसुन्धरा विक, महिला अधिकारकर्मी नरिन्ता शाह, र नेपाल बार एसोसिएशनका प्रतिनिधी सदस्य तथा इन्सेक जिल्ला प्रतिनिधी दिनेशकुमार श्रेष्ठ सदस्य–सचिवको रूपमा रहनेगरी कार्यसमिति निर्माण गरिएको छ ।

इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले सञ्जाल गठनको महत्वको बारेमा प्रकाश पार्नुभएको थियो ।

20210308 Jajarkot 2

कार्यक्रममा सहभागीले सञ्जालको दिगोपना र सञ्जालमा रहेका व्यक्तिहरूको क्षमता विकासका लागि इन्सेकले विभिन्न क्षमता विकासका तालिममा सहभागि गराउनु पर्ने कुरामा जोड दिएका थिए ।

यसैबीच इन्सेक प्रदेश संयोजक सुवेदी नेतृत्वको इन्सेकको टोलीले जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी मधु कुमार थापासँग भेटघाट गरी मानव अधिकारको पछिल्लो अवस्था र शान्ति सुरक्षाको अवस्थाका बिषयमा छलफल गरिएको थियो ।

20210308 Jajarkot 3

अन्य

भिडियो