INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार रक्षक सञ्जाल पुनरगठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) कर्णाली प्रदेश कार्यालयको आयोजनामा ०७७ फागुन २४ गते गठन गरिएको जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जाल ०७८ फागुन १२ गते पुनरठन गरिएको छ ।

मानव अधिकारका क्षेत्रमा वकालत तथा पैरवी गर्दै पीडितलाई न्याय दिलाई पिडकलाई कार्वाहीको दायरासम्म पु¥याउने उदेश्यका साथ गठित सञ्जाल पुनः नागरिक अगुवा राजेन्द्र विक्रम शाहको संयोजकत्वमा गठन गरिएको छ ।

बिजया नगरकोटीको सह–संयोजकत्वमा सञ्जालमा केदार बहादुर शाह, राजेन्द्र कार्की, सहदेव बस्नेत, नरिन्ता शाह, जितेन्द्र बुढा, बसुन्धरा विक सदस्य रहनु भएको छ ।

यस्तै नेपाल बार एसोसिएशनका प्रतिनिधि, नेपाल पत्रकार महासंघ, पाँचतारा युवा संरक्षक मञ्च, पहाडी क्षेत्र विकास अभियान, अपाङ्ग समाज र नगर बाल सञ्जालका प्रतिनिधि सदस्य तथा इन्सेक जिल्ला प्रतिनिधि दिनेशकुमार श्रेष्ठ सदस्य–सचिव रहेको जिल्ला स्तरीय सञ्जाल पुनरगठन भएको हो ।

सञ्जालले फागुन १२ गते बैठक बसेर मानव अधिकारका विभिन्न विषयमा जिल्ला स्तरमा वकालत, ध्यानाकर्षण तथा पैरवीका कामहरू गर्ने निर्णय गरेको छ ।

Photo20220226 Jajarkot

अन्य

भिडियो