INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार रक्षकहरूको सुरक्षा तथा सङरक्षण विषयक अन्तरक्रिया सम्पन्न

आनैपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को अयोजनामा मानव अधिकार रक्षकहरूको सुरक्षा तथा सङ्रक्षण विषयक अन्तरक्रिया फागुन १२ गते नेपालगञ्जमा सम्पन्न भएको छ ।

कार्यक्रममा उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासका वरिष्ठतम् न्यायाधीश डा. रत्नबहादुर बागचन्दले इन्सेकले तयार पारेको मानव अधिकार रक्षकसम्बन्धी विधेयक प्रस्तुत गर्नु भएको थियो । डा. बागचन्दले विधेयकको प्रस्तावनासमा समेत सुझाव दिनु भएको थियो ।

डा. बागचन्दल विधेयकलाई संघीय कानुनमा समेट्न सके प्रभावकारी हुने बताउनु भयो । मानव अधिकार रक्षकहरूको नियमन पनि मानव अधिकार रक्षक परिषद्बबाटै हुने व्यवस्था मिलाउनु पर्ने बताउनु भयो ।

photo2022022401banke

इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले कार्यक्रमको उद्देश्य माथि प्रकास पार्दै विधेयकमा प्रदेशका सांसद र कानुन सचिवहरूसँग समेत सुझाव लिने कार्य सम्पन्न भएको बताउनु भयो । संयोजक महतले यस कार्यक्रममा प्राप्त सुझावहरूलाई समेत विधेयकमा राखिने बताउनु भयो ।

नेपाल बारका उपाध्यक्ष सुनिलकुमार श्रेष्ठले मानव अधिकार परिषद् बनाउन सबै जिल्लाको प्रतिनिधित्व भनिए पनि नौ जना मात्र समिति भनिएकोले यसलाई सच्याएर १२ जना बनाउनु पर्ने बताउनु भयो ।

यसैगरी, कार्यक्रममा बोल्ने वक्ताहरूले मानव अधिकार रक्षकहरूको अवस्था अध्ययन गरी प्रतिवेदन बनाउनु पर्ने, परिषद्मा नियुक्त गर्दा गैर राजनीतिक क्षेत्रका व्यक्तिहरू छनौट गर्नुपर्ने लगायतका सुझावहरू दिनु भएको थियो ।

अन्य

भिडियो