INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार मैत्री गाउँपालिका बन्ने गरि काम गरिने

रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले पालिकालाई मानव अधिकार मैत्री पालिका बन्ने गरी काम गरिने बताउनुभएको छ ।

२०७६ पुस २२ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार संरक्षण सञ्जाल रामेछापले संयुक्त रुपमा आयोजना गरेको पालिका स्तरीय मानव अधिकार सञ्जाल गठन तथा मानव अधिकार संरक्षणका लागि राज्यको जवाफदेहिता तथा जनताको सहभागिता बढाउने कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।Ramechhap News photo1

गाउँपालिका तामाङले गाउँपालिकालाई मनव अधिकार मैत्री बनाउन सामाजिक संस्था  र नागरिक समाजसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मखमली श्रेष्ठले पालिकाका पदाधिकारीले मात्र अनुगमनको काम गर्न नसक्ने भएकोले यसमा नागरिक समाज, सञ्जाल र समुहले सहयोग गर्नु पर्ने बताउनुभयो ।

वडा नं ८ का वडा अध्यक्ष इन्द्रबहादुर तामाङले काम गर्दा भएका कमजोरीलाई नागरिक समाजले उठाइदिनु पर्ने बताउनुभयो । यसैगरी कार्यक्रममा मानव अधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाईँले नागरिकले देखेको कुरा बोल्ने र सुधारको लागि सहयोग गर्ने बताउनुभयो । कार्यक्रमपछि दिपकबहादुर खत्रीको संयोजकत्वमा ७ सदसीय गाउँपालिका स्तरीय मानवअधिकार संरक्षण सञ्जाल गठन भएको छ ।

अन्य

भिडियो