INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार मैत्री कार्यक्रमका लागि ध्यानाकर्षण

Dakneshwari (19)अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा गठित डाक्नेश्वरी नगरपालिकाको मानव अधिकार समूहले मानव अधिकार मैत्री समाज निर्माणका लागि डाक्नेश्वरी नगरपालिकाको नगर प्रमुख रामलखन मलाहालाई ०८१ साउन ४ गते अवधारणा-पत्र बुझाएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन तथा पाँचौ राष्ट्रिय कार्ययोजना अनुरुप जनताका आधारभूत आवश्यक्ता परिपूर्ति गर्ने दायित्व स्थानीय सरकारको पनि भएकोले पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयन गराउने उद्देश्यले नगरप्रमुख मलाहालाई अवधारणा-पत्र बुझाइएको हो ।

अवधारणा-पत्रमा वडा स्तरीय मानव अधिकार समूह गठन र क्षमता अभिवृद्धि तालिम, समुदाय केन्द्रित वहस र पैरवी, जातीय विभेद तथा छुवाछुत उन्मुलनका लागि जनचेतनामूलक कार्यक्रम, मानव अधिकार सहायता कक्ष स्थापना, जनप्रतिनिधिहरूलाई मानव अधिकार विषयक क्षमता अभिवृद्धि तालिम गर्न माँग गरिएको छ ।

यसैगरी शिक्षक, अभिभावक र विद्यार्थी भेला, महिला, युवा, बालबालिका र ज्येष्ठ नागरिक भेला, कर्मचारी, उद्यमी र कृषि भेलाका साथै महिला हिंसा तथा सबै हिंसा विरूद्ध सचेतना कार्यक्रम र सरसफाई अभियान सञ्चालन गर्न अवधारणा-पत्र दिइएको छ ।

नगर प्रमुख मलाहाले मानव अधिकार समूहले गरेका काम उदाहरणीय रहेको चर्चा गर्नुहुँदै नगरपालिकाबाट सदैव सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । अवधारणा-पत्र लिनुहुँदै उहाँले बजेट प्रस्तावनामा राख्ने र विनियोजित बजेटको परिचालन सहज र सरल गरिने बताउनु भयो ।

मानव अधिकार समूहका अध्यक्ष रामचन्द्र मण्डल, कोषाध्यक्ष मो मुसा अन्सारी, सदस्य दिनेश खंग र इन्सेक जिल्ला सहजकर्ता अजय परियारको टोलीले नगरप्रमुख मलाहालाई अवधारणा-पत्र बुझाएको हो ।

अन्य

भिडियो