अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनगढीको आयोजनामा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा साउन २१ गतेदेखि स्थानीय तहका जनप्रतिनिधिहरू तथा मानव अधिकार निगरानी समूहका पदाधिकारीहरूका लागि मानव अधिकारमूखी विकास अवधारणासम्बन्धी दुई दिने तालिम सञ्चालन गरिएको छ ।

साउन २१ र २२ गते सञ्चालन हुने तालिममा स्थानीय कानुन र मानव अधिकार, मानव अधिकारमैत्री विकास अवधारणा, स्थानीय सरकार सञ्चालनमा सुशासन तथा सामाजिक समावेशीकरण विकास, शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकारसम्बन्धी स्थानिय सवाल तथा स्थानीय तहको कार्यक्रम, स्थानीय तहले प्रदान गर्ने सेवा सुविधा प्रवाहमा जनप्रनिधि तथा निगरानी समूहको भूमिकालगायतका विषयमा प्रशिक्षण गरिने इन्सेक प्रदेश नं ७ कार्यालय, धनगढीका कार्यक्रम फोकल पर्सन दिलवहादुर चौधरीले बताए ।

मानव अधिकारमूखी विकासलाई मुलप्रवाहीकरणमा समावेश गराउन तथा स्थानीय सेवा प्रदायक निकायले प्रदान गर्ने सेवा प्रवाहमा सुधार गर्नका लागि तालिमको आयोजना गरिएको इन्सेक प्रदेश नं ७ धनगढी कार्यालयका संयोजक खडकराज जोशीले बताए ।
कोमलनिरञ्जन भाट