INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकारको सवाल विषयक तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा मानव अधिकारको सवाल विषयक कार्यशाला ०८० भदौ २३ गते सम्पन्न भएको छ ।

Photo_080-5-23_Makwanpur3

मनहरी गाउँपालिकामा अधिकार तथा आर्थिक विकास मार्फत महिला सशक्तिकरण कार्यक्रम (रिन्यु परियोजना) अन्तर्गत सञ्चालन भइरहेको कार्यक्रममा मानव अधिकारको सवाल विषयक कार्यशाला इन्सेकले सञ्चालन गरेको हो ।

मनहरी गाउँपालिका-४ मा सञ्चालन गरिएको कार्यशालामा महिला तथा बाल समूहका पदाधिकारी, वडा सदस्यहरू लगायतको सहभागिता रहेको थियो । सहभागीहरूलाई मानव अधिकारसम्बन्धी अवधारणा, मानव अधिकारका सवालहरूका विषय, बालबालिकासम्बन्धी ऐन, २०७५ मा गरिएको कानुनी व्यवस्थाको बारेमा जानकारी दिइएको थियो ।

Photo_080-5-23_Makwanpur1

यसैगरी, दलित, अल्पसङ्ख्यक र अपाङ्गता भएका तथा विपन्न वर्गका बालबालिका शिक्षाको पहुँच भन्दा बाहिर रहेका छन् । बाल हिंसा, दुर्व्यवहार पीडित र अधिकांश बालबालिकाहरूले बिचमै पढाई छोड्ने समस्या रहेको हुँदा उनिहरूलाई विद्यालयमा टिकाउन स्थानीय सरकारको दायित्व र व्यवस्था बारेमा पनि छलफल भएको थियो ।

Photo_080-5-23_Makwanpur

मानव अधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना लगाएत बालिबालिकाको विकास र निर्णय प्रकृयामा अर्थपूर्ण सहभागिताका लागि समन्वय गर्नु पर्ने स्थानीय तहका सरोकारवाला निकायहरू लगायत बालबालिकाहरूको सहभागिता शिक्षा, स्वास्थ्य र सामाजिक विकासमा गरिनु पर्ने आधारभूत दायित्वका विषयहरूमा कार्यक्रम संयोजक कृष्णप्रसाद नेपालले सहजिकरण गर्नु भएको थियो ।

सहभागीहरूले महिला अधिकार, मानव अधिकार र बालबालिकाको अधिकारलाई प्रवर्धन गर्नको लागि स्थानीय सरकारले चासो दिनु पर्ने धारणा राखेका थिए ।

Photo_080-5-23_Makwanpur2

अन्य

भिडियो