INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकारको विषयमा सुक्ष्म बहस गर्नुपर्नेमा सरोकारलाको जोड

नेपालमा मानव अधिकारको विषयमा सुक्ष्म अध्ययन र अनुसन्धान नहुने गरेको रामेछापका सरोकारवालाहरूले गुनासो गरेका छन् ।

मानव अधिकार उल्लङ्घन तथ अपराधका घटना हुनुको कारण र घटना भएपछि त्यसको कारणको बारेमा सुक्ष्म अध्ययन गरी निवारणका उपाय नपनाउँदा यस्ता घटनाहरू निरन्तर भइरहेको सहभागिहरूको भनाई छ ।

Photo20181126Ramechhap (1)

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मानव अधिकार संरक्षण सञ्जाल रामेछाप र मानव अधिकार सचेतन तथा विकास केन्द्र हुराडेक नेपाल दोलखाले लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानको सन्दर्भ पारी मङ्सिर १० गते सदरमुकाम मन्थलीमा रामेछापको सन् २०१८ को मानव अधिकारको अवस्थाको समीक्षा तथा इन्सेकले प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को पूर्व समीक्षा कार्यक्रमका सहभागीले सो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका सचिव आनन्द श्रेष्ठले नेपालमा मानव अधिकारका विषयमा अझै पनि सुक्ष्म अध्ययन र छलफल हुन नसकेको बताए ।

Photo20181126Ramechhap (2)

नेपाली कांग्रेस रामेछापका सचिव लेखबहादुर कार्कीले पछिल्लो समय मानव अधिकार उल्लङ्घन र अपराधका घटनामा कमी आएको देखिएको बताउँदै त्यो वास्तवमै कमि हो वा कतै कसैले रोकेको कारण कम देखिएको हो ? खोज्नु पर्ने बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी यज्ञप्रसाद शर्माले कानुनको कार्यान्वयन र मानव अधिकारको संरक्षणको लागि स्थानीय प्रशासनले सबै खालको सहयोग गर्ने बताए ।

Photo20181126Ramechhap (3)

जिल्ला प्रहरी कार्यालयका डिएसपी अमरेन्द्रबहादुर सिँहले जिल्लामा मानव अधिकार उल्लङ्घन र गम्भीर अपराधका घटनाहरू कम हुँदै आएको बताए । तुलनात्मक रूपमा आत्माहत्याका घटनाहरू बढ्दै गएको उनले बताए ।

जिल्ला अदालत रामेछापका स्रेस्तेदार गेहेन्द्रराज रेग्मीले न्यायिक समितिहरू बनेपछि देवानी प्रकृतिका मुद्दाहरू अदालतमा आउने क्रम घटेको बताए ।

Photo20181126Ramechhap (4)

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि नवराज पथिकले सन् २०१८ को हालसम्मको अवधिमा २६ ओटा घटनाहरू सङ्कलन गरिएको जानकारी दिए ।

जसमा कुटपिट र धम्कीका ६, व्यक्तिगत हत्याको एक, बाल अधिकार उल्लङ्घनका तीन, पारिवारिक हिँसाका चार, आर्थिक अधिकारका तीन, बलात्कारका दुई, यौन दुर्व्यवहारको एक, गर्भपतनको एक, अपमनजनक व्यवहारको एक, लाठिचार्जका कारण घाइते दुई, कथित बोक्सीको आरोपमा दुर्व्यवहारको एकलगायतका घटना छन् ।

नवराज पथिक

अन्य

भिडियो