मानव अधिकारका विषयमा गम्भीर रहेको सरोकारवालाहरूले प्रतिबद्धता जनाएका छन् । राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेशका प्रमुख हरि प्रसाद ज्ञवालीले इन्सेकले लामो समयसम्मदेखि मानव अधिकारको संरक्षण, अभिलेखीकरण गर्दै आएको बताउँदै सरकारले राष्ट्रिय मानव अधिकार आयोगले गरेका सिफारिसहरू कार्यानवयन गर्न नसक्नु दुखद भएको बताउनु भयो । उहाँले मानव अधिकारको संस्कृतिको विकासका लागि राजनीतिक दलहरू संवेदनशिल भएर लाग्नुपर्ने भन्दै मानव अधिकारका निम्ति राजनीतिक दलहरूले मानव अधिकारका निम्ति समय निकाल्न आग्रह गर्नुभयो ।
सशस्त्र प्रहरी वल सीमा डिएसपी मनोज गुरुङ्गले प्रहरी मानवअधिकार संरक्षणको भएकोले मानवअधिकारको संरक्षणका संवेदनशिल भएको बताउँदै मानव अधिकारमा शून्य सहिष्णुता अपनाएर काम गरिरहेको बताउनु भयो ।
नेपाल उच्चबार एशोशिएसन बुटवलका कोषाध्यक्ष निरञ्जना पौडेलले नेपाल एशोशियसनले विभिन्न खालका निःशुल्क कानुनी सेवा दिने गरेको बताउँदै त्यस्तै निःशुल्क न्यायमा पहुँच पुर्याउनका लागि प्रयाय गरिरहेको उल्लेख गर्नुभयो । यहाँले यस्ता विषयमा पनि समेट्न इन्सेकलाई आग्रह गर्नुभयो ।
नेकपा एमालेका जिल्ला अध्यक्ष यज्ञ गैरेले मानव अधिकारको उल्लङ्घन गरेका कारण व्यक्तिलाई कारागार र सुधार गृहमा राख्नुपरेको बताउनु भयो । तथापी कारागारमा बस्दा पनि नागरिकले पाउनुपर्ने अधिकारहरू रहेको उहाँको भनाइ छ । इन्सेकको तथ्याङ्कमा जिल्लाको अवस्था डरलाग्दो देखिएकोले यस्ता विषयमा राजनीति दलहरू पनि संवेदनशिल रहनुपर्ने र यसमा आफ्नो पार्टीको तर्फबाट पहल कदमी गर्नुपर्ने बताउनु भयो । अध्यक्ष गैरेले मानव अधिकारको अवस्थाका विषयमा मानव अधिकारका राम्रा पक्षहरू र सकारात्मक सुधारका विषयहरूलाई पनि राख्नुपर्ने बताउनु भयो । यस विषयमा राजनीतिक पार्टीका प्रमुख र राजनीति पार्टीका प्रमुखहरूलाई राखेर अलिक जवाफदेही बनाउने गरेर राख्नुपर्ने बताउनु भयो ।
सशस्त्र प्रहरी वल सीमा डिएसपी मनोज गुरुङ्गले प्रहरी मानव अधिकार संरक्षणको भएकोले मानव अधिकारको संरक्षणका संवेदनशिल भएको बताउनु भयो । मानव अधिकारमा शून्य सहिष्णुता अपनाएर काम गरिरहेको उहाँको भनाइ छ । किसानले लिएको मल आफूहरूले नरोकेको र त्यसमा पनि व्यापारीहरूले आएको र २ सय ५० ओटा विओपीले काम गर्दै आइरहेको उहाँले उल्लेख गर्नुभयो ।
उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनीका अध्यक्ष तेज कुमार पाठकले जिल्लाको मानव अधिकारको अवस्थाका विषयमा इन्सेकले गरेको काम महत्त्वपूर्ण भएको भन्दै स्वास्थ्यको विषयमा विभिन्न खालका वेथितिहरू रहेको र त्यस्ता विषयमा पनि सचेत हुनुपर्ने बताउनु भयो ।
नेपाल उच्चबार एशोशिएसन बुटवलका कोषाध्यक्ष निरञ्जना पौडेलले नेपाल एशोशियसनले विभिन्न खालका निःशुल्क कानुनी सेवा दिने गरेको बताउनु भयो । उहाँले त्यस्तै निःशुल्क न्यायमा पहुँच पुर्याउनका लागि प्रयाय गरिरहेको र यस्ता विषयमा पनि समेट्न इन्सेकलाई आग्रह गर्नुभयो ।
राष्टिय मानव अधिकार आयोगका मानव अधिकार अधिकृत अजित ठाकुरले पछिल्लो समय दुर्घटनाका कारण ज्यान गुमाउनु परेको घटनाका विषयलाई पनि मानव अधिकारसँग जोडेर हेर्नुपर्ने बताउनु भयो । उहाँले स्थानीय सरकारको क्षेत्राअधिकारको विषयमा पनि ध्यान दिनुपर्ने बताउनु भयो । नेकपा माओवादी केन्द्रका प्रतिनिधि पुष्पराज ढकालले सरकारवालाबाट आएका सुझावलाई कुन कुन क्षेत्रले सुधार गरे सो विषयमा जानकारी गराउन अनुरोध गर्नुभयो ।
इलाका प्रहरी कार्यालय, बुटवलका इन्स्पेक्टर शालिकराम खनालले प्रहरी मानव अधिकारको सवालमा संवेदनशिल भएको बताउँदै प्रहरीले मानव अधिकारको संंरक्षण, प्रवर्द्धन गर्ने र शान्ति सुरक्षा प्रदान गर्नको लागि सक्रिय भएर लागेको बताउनु भयो । उहाँले नागरिकहरू पनि सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
इलाका प्रशासन कार्यालय, बुटवलका प्रशासन अधिकृत ज्ञान कुमारी भुसालले मानव अधिारको संरक्षण गर्ने काम राज्यको भएकोले यस विषयमा आफूहरू सक्रिय भएर लागेको भन्दै राज्यबाट सुधार गर्नुपर्ने विषयमा सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
