INSEC Online

📅 २०८३ जेष्ठ २१

मानवअधिकार समूहद्वारा मादी गाउँपालिकाको ध्यानाकर्षण

मानवअधिकार समूहले कास्कीको मादी गाउँपालिकाको ध्यानाकर्षण गराएको छ ।

समूहका अध्यक्ष सपना परियार, सचिव रूद्रनाथ अधिकारी सहितको टोलीले फागुन १५ गते  गाउँपालिका अध्यक्ष देवीजंग गुरुङ, उपाध्यक्ष कल्पना गुरुङ र प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्याललाई भेटी ३१ गते बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।

दिपेन्द्र आधारभूत, जनकल्याण, श्रीप्रभात आधारभूत लगायतका विद्यालयहरूमा पिउने पानीको समस्या रहेको, शौचालय अपाङ्मैत्री नभएको, बालमैत्री फर्निचरको अभाव, विद्यालयहरूमा दिवाखाजा सञ्चालन भएपनि रकमको पर्याप्तता नरहेको तथा अधिकांश विद्यालयमा कम्पाउण्ड नहुँदा विद्यार्थीहरू खेल्ने क्रममा लडेर घाइते हुने गरको भन्दै समूहले विद्यालयमा कम्पाउण्ड तथा तारजाली लगाउन गाउँपालिकाको ध्यानाकर्षण गराएको छ ।

त्यसैगरी मिजुरे आधारभूत स्वस्थ्य केन्द्र, तारकाङ आधारभूत स्वास्थ्य केन्द्र, याङ्जाकोट स्वास्थ्य चौकी लगायतका स्वास्थ्य चौकी तथा केन्द्रमा समेत पर्याप्त औषधि नरहेको, ड्रेसिङ रुम नहुँदा सामान्य उपचारमा समेत समस्या भएको लगाएतका विभिन्न विषयमा आफूहरूले गाउँपालिकाको ध्यानाकर्षण गराएको समूहका अध्यक्ष सपना परियारले जानकारी दिनु भयो ।

333962974_608499411121342_5241950604074766719_n328867003_1316757378885514_778320779310954014_n328751482_1249948289268878_8769783828060189733_n328798844_700120221795308_5651947080084648714_n329059934_505890558410882_6927306736010108354_n

अन्य

भिडियो