INSEC Online

📅 २०८३ जेष्ठ २१

मानवअधिकार समूहद्वारा गाउँपालिकाको ध्यानाकर्षण

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा रहेको मानव अधिकार समूहले गाउँपालिकाको ध्यानाकर्षण गराएको छ ।

समूहका अध्यक्ष डिल्लीराम भण्डारी, उपाध्यक्ष सुनीता परियार, कोषाध्यक्ष प्रेमकुमारी अधिकारी र जिल्ला सहजकर्ता शुष्मा आचार्य अधिकारीसहितको टोलीले फागुन १४ गते गाउँपाालिका उपाध्यक्ष सीता अधिकारी र प्रमुख प्रशासकीय अधिकृत बेदहरि अधिकारीलाई भेटी १६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।

महेन्द्र मावि लाहाचोकको खेल मैदानमा तारजाली नहुँदा बालबालिकाहरू नालामा खसेर घाइते हुने गरेकाले तत्काल तारजाली लगाउनुपर्ने, विद्यालयको शौचालयमा ढोका र चुकुल नभएको, नव निर्मित भवन अपांगमैत्री तथा बालमैत्री नभएको, विद्यालयमा दिने खाजा व्यवस्थित गर्न रकम अभाव भएको तथा जातीय विभेद अन्त्यका लागि सहभोजनको आयोजना गर्न समूहले माग गरेको छ ।

उदय मावि धम्पुसमा नेपाली र विज्ञान शिक्षककन्दी रिक्त रहेको, विद्यालयमा सेनेटरी प्याड वितरणलाई तहगत भन्दापनि आवश्यकताका आधारमा गर्नुपर्ने, पालिकाको फोहोर व्यवस्थापनमा लागि तत्काल डम्पिङ साइडको व्यवस्था गरिनुपर्ने, सोलार वत्ति मर्मत गर्नुपर्ने, बाल विवाह, विभेद, लैंगिक हिंसा जस्ता विषयमा विद्यार्थी, अभिभावक र शिक्षकहरूको सहकार्यमा सचेतनामूलक कार्यक्रम आयोजना गरिनुपर्ने पनि समूहको माग रहेको छ ।

333594746_946098010135906_1439647274122930593_n (1)adhyasha333069753_495542772787422_3017544484386694878_n

अन्य

भिडियो