INSEC Online

📅 २०८३ जेष्ठ २१

नागरिकका आधारभूत आवश्यकताप्रति सरकार संवेदनशील बन्नुपर्छ : प्रदेश प्रमुख

नागरिकका आधारभूत आवश्यकताप्रति राज्य संवेदनशील बन्नुपर्ने लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले बताउनु भएको छ ।

राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको ७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा मङ्सिर २४ गते बुटवलमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा प्रदेश प्रमुख घर्तीले यस्तो कुरा बताउनु भएको हो ।
प्रदेश प्रमुख घर्तीले मानव अधिकार संस्कारको विकास गर्न कर्मचारी र जनप्रतिनिधिहरुले नागरिकहरुलाई मालिक र आफू नोकर हुँ भन्ने भावनाले काम गर्नुपर्ने बताउनु भयो ।

जनताका आवश्यकताहरुको परिपूर्ति गर्ने दायित्व राज्यको भएकोले सरकार नागरिकका आधारभूत आवश्यकताका विषयमा संवेदनशील भएर अगाडी बढनुपर्ने बताउदै समाजमा रहेको विभेदलाई अन्त्य नगर्दासम्म मानव अधिकारको प्रत्याभूत नहुने भएकोले यस्ता विषयमा सक्रिय भएर लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय प्रमुख उमाकान्त चपाईले अधिकारसँगै कर्तव्यको पालना गर्न सकेमा मात्र र घरबाटै मानव अधिकारको संस्कृतिको विकास गर्न सकेमा मात्र मानव अधिकारको संस्कृति विकास हुने बताउदै यस्ता विषयमा तीनै तहका सरकारहरु संवेदनशिल बन्नुपर्न बताउनुभयो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले बुटवल उपमहानपाले बुटवलवासीहरुलाई मानव अधिकारको पूर्ण रुपमा दिन नसकेको स्वीकार गर्दे व्यवस्था परिवर्तन भए पनि व्यवहार र कार्यान्वयन शैली नागरिकमैत्री नभएको स्वीकार गर्नुभयो ।
उहाँले कमर्चारीहरु एसीमा बस्ने र सेवाग्राहीहरुलाई घाममा लामो लाइन लगाएर बसाल्ने परिपार्टी नहट्दासम्म मानव अधिकारको प्रत्याभूति गराउन नसकिने बताउनुभयो । मानव अधिकारको प्रत्याभूत गराउनका लागि कर्मचारीहरुको कार्यशैली परिवर्तन हुनुपर्ने र जनप्रतिनिधिहरु सच्चिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बुटवल उपमहानपालिका उपप्रमुख सावित्रादेवी अर्यालले मानव अधिकारको संस्कृतिको विकास गर्न मेलमिलापको माध्यमबाट सचेतना अभिबृद्धि गरेको बताउनुभयो । अधिकारको नाममा अधिकारको दुरुपयोग गर्ने जोकुकै भए पनि कानूनको कठघरामा ल्याउनुपर्ने तर्क राख्दै अर्यालले आफ्‌नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारको सम्मान सबैले गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका नगर उपप्रमुख उमा अधिकारीले मानव अधिकारको विषय सबैको साझा विषय भएकोले त्यसको संरक्षण गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघ लुम्बिनी अध्यक्ष जीत कुमारी बेल्बासेले मानव अधिकार संस्कृतिको विकासका लागि नागरिक संघ संस्थाहरुको महत्वपूर्ण भूमिका रहेको बताउदै नागरिकका आधारभूत आवश्यकताका विषयमा सक्रिय भएर अगाडी बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा मानव अधिकारका लागि महिला एकलका प्रदेश अध्यक्ष अरुण श्रेष्ठले मानव अधिकार सबैका लागि भएकोले सबै नागरिकले प्रत्याभूत हुने गरी सरकारले काम गर्नुपर्ने बताउनुभयो ।

त्यसैगरी अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश, गैरसरकारी संस्था महासंघ लुम्बिनी लुम्बिनी, इन्सेक रुपन्देही, शान्तिका लागि साझा अभियान कोक्याप, मानव अधिकारका लागि एकल महिला, उपभोक्ताहित संरक्षण मञ्च लगायतका संस्थाहरुको आयोजनामा मङ्सिर २४ गते बुटवलमा निकालिएको प्रभातफेरी र्‍यालीको आयोजना गरिएको थियो ।

प्रभातफेरि कार्यक्रममा लुम्निी प्रदेशका प्रदेश प्रमुख कृष्ण बहादुर घर्ती मगर, बुटवल उपमहनगरपालिकाका नगर प्रमुख खेलराज पाण्डे, सावित्रादेवी अर्याल, सुरक्षकर्मी लगायतको सहभागिता रहेको थियो । र्यालीमा मानवअधिकार र सामाजिक न्याय, न्यायका लागि सबैको पहुँच, मानवअधिकार नागरिकको मौलिक अधिकार, कानूनी शासनको पालन गरौ, संविधानको कार्यान्वयन गरौ, विधिको शासन कायम गरौ लगायतका नाराहरु रहेको थियो ।

प्रभातफेरी र्याली राष्ट्रिय मानव अधिकार अयोगको प्राङ्गणबाट मिलनचोक तिनकुनेमा आएर समापन भएको थियो । 

 

रीमा बि.सी.

अन्य

भिडियो