INSEC Online

📅 २०८३ जेष्ठ २१

मानवअधिकारको अवस्थाका बारेमा प्रदेशस्तरीय बैठक सम्पन्न

कास्कीमा मानवअधिकार तथा बालअधिकारको क्षेत्रमा क्रियाशिल नागरिक समाज, शान्तिका लागि नागरिक समाजको संजाल तथा बाल अधिकार मञ्चको संयूक्त बैठक फागुन १२ गते पोखरामा सम्पन्न भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीको प्रदेशको आयोजनामा भएको अन्तरक्रियामा बोल्दै सहभागिहरूले महिला तथा बालबालिका माथि हुने हिंसाका घटनामा वृद्धि हुँदै गएकाले यस्ता घटनाहरू ज्यूनीकरण गर्नका लागि सरोकारवाला निकायहरूलाई झक्झक्याउनुपर्ने कुरामा जोड दिएका थिए ।

शान्तिका लागि नागरिक समाजको सञ्जालका संयोजक विना सिलवालले बालबालिका माथि हुने घटनालाई न्यूनीकरण गर्न सबैको भूमिका महत्वपूर्ण हुने बताउनु भयो । इन्सेक गण्डकीका संयोजक शिव खकुरेलले गण्डकी प्रदेशमा १ सय १७ बालबालिका पीडित हुन पुगेको र त्यसमा पनि बालिकाहरू बढी पीडित भएको बताउनुभयो ।

नेपाल बाल संगठन कास्कीका सभापति बामदेव ढुंगानाले बाल संगठनले बालबालिको  क्षेत्रमा काम गर्ने संस्थाहरूलाई सरकारले अझैपनि चिन्न नसकेको भन्दै गुनासो गर्नुभयो । सिवीन पोखराका प्रमुख शंकर नेपालीले बालबालिकाको क्षेत्रमा काम गर्न थुप्रै चुनौती रहेको बताउनुभयो ।

कार्यक्रममा अधिवक्ता सुष्मा ओझाले मानव बेचबिखन र खाजाघरका नाममा यौन व्यवसाय हुने गरेको भन्दै स्थानीय सरकारले अनुगमन गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो

20230224_135516 (1)

अन्य

भिडियो