INSEC Online

📅 २०८३ जेष्ठ २१

मादीमा वातावरण अधिकार सम्बन्धी कार्यशाला सम्पन्न

कास्कीको मादी गाउँपालिका वडा नं. ३ मा वातावरण संरक्षण तथा अधिकार सम्बन्धी कार्यशाला चैत ७ गते सम्पन्न भएको छ ।

मानव अधिकार समूहद्धारा आयोजित कार्यशालामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले वातावरणको संरक्षण र अधिकार सम्बन्धी प्रशिक्षण दिनु भएको थियो ।

समूहका सचिव रूद्रनाथ अधिकारीले वातावरण संरक्षणका लागि गाउँपालिकाले वन्यजन्तु संरक्षण तथा फोहोर व्यवस्थापनका लागि नागरिकको आय आर्जन वृद्धि गर्ने खालका अनुदान कार्यक्रमलाई जोड दिनुपर्ने बताउनु भयो ।

वडा सदस्य तेजबहादुर रानाभाटले वातावरणको अधिकार मानवको नैसर्गिक अधिकार भएको भन्दै बढ्दो फोहोर मैला व्यवस्थापनका लागि पालिकाले २ स्थानमा डम्पिङ साइटको व्यवस्था गर्ने लक्ष्य रहेको बताउनु भयो । शिक्षक सुरेन्द्र बरालले वातावरण सन्तुलनका लागि मानव र वातावरणीय तत्वबीच सन्तुलित सम्बन्ध हुनुपर्ने बताउनु भयो ।

कार्यक्रममा समूहका अध्यक्ष सपना परियार, उपाध्यक्ष चन्द्रबहादुर गुरुङ, सदस्य राजकुमार वि.क., ऋषिराम सापकोटा, इन्सेक जिल्ला सहजकर्ता सुष्मा आचार्य, आमा समूहका परिमाया गुरुङ, युवा क्लबका अध्यक्ष बुद्धि वि.क., वडा सदस्य दिप गुरुङ, सुस्मिता रानाभाट लगायतले वातावरण संरक्षणमा जोड दिनु भएको थियो । यस्तै मादी मानव अधिकार समूहको नियमित बैठक समेत सम्पन्न भएको छ ।

336012480_132166072953056_4283665405946799047_n336177630_1443630436410538_8815210371748525230_n

अन्य

भिडियो