INSEC Online

📅 २०८३ जेष्ठ २१

मादीमा बाल अधिकार समुहद्वारा महिला हिंसा विरूद्धमा सचेतनामुलक सडक नाटक प्रर्दशन

११३औँ  अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मादीका बाल अधिकार समुहका बालबालिका द्वारा मादी– ३ मा फागुन २४ गते  महिला हिंसा विरूद्ध सडक नाटक प्रर्दशन गरेका छन् ।

स्थानिय समुदायलाई महिला अधिकार र कर्तव्य प्रति सचेत पार्ने र जिम्मेवारी निकायलाई जवाफदेही बनाउने उदेश्यले प्रर्दशन गरिएको सडक नाटकमा वडा अध्यक्ष, सदस्य तथा स्थानियहरूको उपस्थिति रहेको थियो ।

नाटकमा महिला विरूद्ध हुने घरेलु हिंसा, गर्भावस्थामा गरिने विभेद , अन्जानका मान्छेको विश्वासमा परेर बेचविखनमा पर्ने जोखिम जस्ता विषयमा स्थानियलाई सचेत बनाउन उक्त नाटक प्रस्तुत गरिएको थियो ।

उत्त नाटक हेरेर वडा अध्यक्ष बिकास गुरूङले बालबालिकलाई राम्रो विषयलाई प्रस्तुत गरेको भन्दै बालबालिकाको कामको प्रशंसा गर्दै यस्ता खालका सचेतना मुलक नाटकले आम नागरिकलाई महिला को अधिकारका बारेमा सचेत बनाउन सकिने र महिला हिंसा विरूद्ध आवाज उठाउनका लागि महिलाहरूलाई जागरूक बनाउन सकिने बताउनुभयो ।

332590440_3462169960721707_3774533264760947108_n332846774_738449614558632_7791684242607328476_n334482465_227686139732613_7909575640276177952_n

अन्य

भिडियो