INSEC Online

📅 २०८३ जेष्ठ २१

मादीमा बालमैत्री स्थानीय शासन सम्बन्धी अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीको आयोजना तथा सामाजिक बिकास कार्यालय कास्कीको सहयोगमा मादी गाउँपालिकामा बालमैत्री स्थानीय शासन सम्बन्धी अन्तरक्रिया जेठ ३ गते सम्पन्न भएको छ ।

कार्यक्रममा मादी गाँउपालिका वडा नम्बर १२ का अध्यक्ष कृष्णराज दाहालले बालमैत्री वडा, बालमैत्री विद्यालय, बालमैत्री समाज बनाउनको लागि सबैले पहल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पालिका स्तरमा बालमैत्री शासन स्थानीय समिति समेत बनिसकेको जानकारी गराउनु भयो ।

कार्यपालिका सदस्य लक्ष्मी गिरीले वडा स्तरमा सवै मिलेर बालमैत्री स्थानीय वडा बनाउनको लागि प्रतिबद्धता व्यक्त गर्नु भयो ।

यसै गरि शोभा गुरुङ्गले समाजमा बालबालिकाहरू प्रति हेर्ने दृष्टिकोणको बारेमा प्रष्ट रहेको जानकारी गराउँदै उहाँले बालमैत्री वडाको लागि सबैले आ–आफ्नो ठाँउबाट लाग्नु पर्ने अनुरोध गर्नु भयो ।

हिमालय आधारभूत विद्यालयकी कक्षा ८ की छात्रा स्वस्तीका भुजेलले विद्यालयमा महिनावारी हुँदा दिने सेनेटरी प्याड अपुग भएको बताउनुभयो । यसमा वडा कार्यालयबाट पनि हेर्नु पर्नेमा जोड दिनुभयो ।

इन्सेक गण्डकीका संयोजक शिव खकुरेलले बालमैत्री स्थानीय शासन प्रति सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो ।

इन्सेक कार्यक्रम अधिकृत सबनम शर्माले बाल अधिकारको बिषयमा सहजीकरण गर्नुभएको थियो ।

344917214_774260167815996_3170450867058736027_n344988366_766591448263375_5637426832537270188_n345006994_2894903123977419_628086677439108985_n

अन्य

भिडियो