INSEC Online

📅 २०८३ जेष्ठ २१

भूकम्पपीडितको अवस्था विषयमा सार्वजनिक सुनुवाइ

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित मानव अधिकारमैत्री वातावरणका लागि उत्तरदायित्व प्रवर्धन कार्यक्रम अन्तर्गत ०७५ जेठ २६ गते जिल्लाको सबैभन्दा विकट गाउँपालिका खानीखोलाको तालढुङ्गामा सार्वजनिक सुनुवाइ गरिएको छ ।

भूकम्पपीडितको अवस्था र पुनःनिर्माण विषयमा गरिएको भएको सार्वजनिक सुनुवाइमा पीडितहरूले भूकम्पपछिको अवस्थाका विषयमा जानकारी गराएका थिए ।

खानीखोला गाउँपालिका उपाध्यक्ष रुक्मेणी गुरुङले नाम छुटेका भूकम्प पीडितको गुनासोको सुनुवाइ नभएको बताउँदै पहिला एककोठे घरलाई पनि सुविधा दिने भनेकाले सर्वसाधारणले ऋण गरेर घर बनाएको बताइन् ।

उनले गाउँपालिकाभित्र धेरैले नाम छुटेको भनेर गुनासो फारम भरेको भएपनि त्यसको कुनै सुनुवाइ नभएको बताइन् । महिला जनप्रतिनिधि कुमारी बलको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाइमा शिक्षा विकास तथा समन्वय इकाईका स्रोत व्यक्ति टङ्क थापाले आफ्नो कार्यक्षेत्रमा ३६ वटा विद्यालय क्षति भएकोमा ३० वटा मात्र निर्माणाधीन रहको बताए ।

जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत सुरेश पासवानले स्वास्थ्य क्षेत्रमा कुनै महामारी नफैलियोस् भन्नेतर्फ आफ्नो कार्यालयको जोड रहेको बताए ।

सहभागीले पुनर्निर्माण सर्वेक्षण छुटेको, नाम ननिस्किएको, एकभन्दा बढी घरधनी भएको, त्रुटीपूर्ण विवरण, जग्गाको स्वामित्व नभएको, जग्गा एकभन्दा बढीको स्वामित्वमा रहेको, कर्मी नपाइएको र ज्यालामा बढोत्तरी भएको, एकल महिलाहको घर बनाउनेतर्फचासो नदिएको, इञ्जिनियर र प्राविधिकले दुःख दिएको जस्ता गुनासो गरेका छन् ।

सार्वजनिक सुनुवाइमा सबै वडाबाट गरी २५ जना जनप्रतिनिधि, १० जना सामाजिक संस्थाका प्रतिनिधि र कार्यालयबाट र ४० जना सर्वसाधारण गरी ७५ जनाको सहभागिता थियो ।

1

1

1

1

1

1

भोजराज तिमल्सिना

अन्य

भिडियो