INSEC Online

📅 २०८३ जेष्ठ २१

ब्रहमपुरको हटियामा सडक नाटक प्रदर्शन

Photo 20240205 Saptari 2अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा रामेश्वर मेमोरियल माध्यमिक विद्यालय ब्रह्मपुर र हिरा फेकनी माध्यमिक विद्यालय, बनौलामा गठित बाल अधिकार सचेतना समूहका बालबालिकाहरूले डाक्नेश्वरी नगरपलिका–७ ब्रहमपुरको हाटबजारमा ०८० माघ २२ गते सडक नाटक प्रदर्शन गरेका छन् ।

बाल अधिकार सचेतना समूहले शिक्षा र बाल अधिकार क्षेत्रमा देखिएका असमानता तथा विभेद, बालविवाह, दाइजो प्रथा, महिला हिंसा तथा महिलाविरुद्ध हुने सबै किसिमका भेदभाव विरुद्ध जनचेतनामूलक सडक नाटक प्रदर्शन गरे । नाटकको माध्यमबाट बालबालिकाहरूले असमान व्यवहार तथा विभेदबाट मानव जीवनमा पर्ने असरबारे सरोकारवाला निकायको ध्यानाकर्षण गराए ।

कार्यक्रममा वडा अध्यक्ष शत्रुघ्न मण्डलले नाटक प्रदर्शनले छोरा छोरीलाई शिक्षामा समान पहुँचको महत्व दर्शाएको बताउनु भयो । शिक्षाको अभाबले महिला हिसां निम्ताउने गरेको उहाँले बताउनु भयो । बाल विवाह रोक्न हरसम्भब प्रयास रहेको बताउनु भएको वडा अध्यक्ष मण्डलले २० वर्ष भन्दा पहिला विवाह भएमा वडा कार्यलयमा विवाह दर्ता नहुने बताउनु भयो ।

कार्यक्रममा सहभागी अर्चना कुमारी चौधरीले शिक्षाबाट मात्र समाज परिवर्तन सम्भव रहेको बताउनु भयो । महिला हिसां विरूद्ध समाजमा खुलेर बहस गर्नु पर्ने आवश्यक्ता चौधरीले औल्याउनु भयो । मानव अधिकार समूहकी सहसचिव ममता ठाकुरले इन्सेकमार्फत लैङगिक हिसां र महिला हिसां विरूद्ध हाम्रो अभियान चलिरहेको आउनु भयो ।

सडक नाटक प्रदर्शनमा बाल अधिकार सचेतना समूहका अध्यक्ष अरूण कुमार साह, अर्का अध्यक्ष रूपेश संत, देवकान्त प्रसाद साह, पारसमणि माझी, रोशन राउत, मनिषा रजक, पवनकुमार साह, श्यामकुमार साह, रिया चौधरी, सपना माझी, सृष्टि साह, दिपमाला पैकरा, लक्ष्मी साह, मुख्तार, अञ्जली साह, सपना मण्डल, चाँदनी मण्डल, मुर्ति मण्डल, अञ्जली लगायतले सहभागिता जनाउनु भएको थियो ।

Photo 20240205 Saptari 1

Photo 20240205 Saptari 3

Photo 20240205 Saptari

अन्य

भिडियो