INSEC Online

📅 २०८३ जेष्ठ २१

बिष्णुपुर गाउँपालिकास्तरीय मानव अधिकार समूह गठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ जनकपुरधामको आयोजना तथा विष्णपुर गाउँपालिकाको समन्वयमा मङ्सिर ३ गते विष्णुपुर गाउँपालिका भवनमा आयोजित एक कार्यक्रमका बीच १५ सदस्यीय गाउँपालिकास्तरीय मानव अधिकार समूह गठन गरिएको छ ।

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने (इएलपी) परियोजना अन्तर्गत रामानन्द रजकको अध्यक्षतामा १५ सदस्यीय मानव अधिकार समूह गठन गरिएको हो ।

समूहको उपाध्यक्ष, सचिव, सह सचिव र कोषाध्यक्षमा क्रमशः मानतीदेवी खंग, अनिल साह, रामकुमार राय र मुन्नी खातुन चयन भएका छन् ।

यसैगरी सदस्यहरूमा अमृतलाल यादव, लिलाकान्त साह, अधिकलाल मण्डल, गायत्री ठाकुर, राजेन्द्र राम, अढुलियादेवी राय, शान्तिदेवी मण्डल, वुद्धि सागर मेहता र विमला देवी यादव चयन भएका छन् ।

कार्र्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष लिलाम्वर यादवले गापामा गठित  मानव अधिकार समूह मार्फत स्थानीय जनता आफ्ना अधिकारका बारेमा सचेत र जागरूक बन्ने विश्वास व्यक्त गर्दै अधिकारको क्षेत्रमा क्रियाशिल संस्था इन्सेकको तीन वर्षे परियोजनालाई गाउँपालिकाले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

इन्सेकका साधारण सदस्य बैद्यनाथ झाले मौलिक हकको रूपमा प्रत्याभुत शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका बारेमा स्थानीय जनतालाई सचेत बनाई सेवाग्राहीलाई जिम्मेवार र जबाफदेही बनाउन परियोजना सञ्चालन गरिएको बताए ।

इन्सेक प्रदेश २ का संयोजक राजु पासवानले इन्सेकले घटनाहरूको अभिलेखन कार्य मात्र नगरी मानव विकासको लागि सचेतनाका साथै बहस पैरवीको पनि काम गरिरहेको बताए ।

जनता सचेत, शिक्षित र जागरूक भएमा मानव अधिकारको हनन्का घटनामा कमी आउने भन्दै पासवानले मानव अधिकारको प्रत्याभूत गर्न संविधानमा उल्लेखित मौलिक हकको कार्यान्वयन हुनुपर्ने बताए ।

कार्यक्रम संयोजक जागेश्वर यादवले आवाजविहीन समुदायको हकमा शिक्षा, स्वास्थ्य, खाद्य र आवाससम्बन्धी अधिकारबारे नागरिकलाई सचेत र जागरूक बनाउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए ।

नवगठित समूहका अध्यक्ष रामानन्द रजकले दलित, जनजाती, अल्पसङ्ख्यक, महिला र बालबालिकासहित लक्षित वर्गलाई विशेष प्राथमिकतामा राखेर कार्यक्रम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

 photo20191120saptari (1)

photo20191120saptari (2)

photo20191120saptari (3)

photo20191120saptari (4)

photo20191120saptari (5)

photo20191120saptari (6)

photo20191120saptari (7)

photo20191120saptari (8)

अन्य

भिडियो