मादी गाउँपालिका–४ स्थित ध्रुव माध्यमिक विद्यालयमा बालअधिकार संरक्षण समूहद्वारा गठित बाल चेतना समूहद्वारा “जङ्क फुडले मानिसको स्वास्थ्यमा ल्याउने असर” शीर्षकमा माघ १९ गते सडक नाटक प्रस्तुत गरेका छन् ।
नाटकमा दुई परिवारका बालबालिकाहरूले आमाबाबुले भनेको नमानेर जङ्कफुड खाएका कारण स्वास्थ्यमा आएको समस्या जीवन्त रूपमा देखाएका थिए । नाटकमा शिक्षक र स्वास्थ्य कर्मचारी मार्फत यसको असर बताइएको थियो र अन्त्यमा विद्यार्थी आफ्नो स्वास्थ्य प्रति सचेत भएको घटनालाई देखाइएको थियो ।
नाटकको दृश्यावलोकन पश्चात विद्यालयमा शिक्षक र समुदायका केही अभिभावकहरूले हालको समयमा मुख्ये रूपमा रहेको यो समस्यालाई जीवन्त रूपमा विद्यार्थीहरूले प्रस्तुत गरेको नाटक निकै सान्दर्भिक भएको बताउनु भयो ।
संरक्षक शिक्षिक सृजना अधिकारीको को निर्देशनमा बनेको उक्त नाटकलाई प्राधानाध्यापक रामबाबु पौडेल र अन्य शिक्षकहरुले समसामयिक रहेको बताउनुभयो ।

