INSEC Online

📅 २०८३ जेष्ठ २१

बाल अधिकार सचेतना समूहद्वारा जनचेतनामुलक सडक नाटक प्रदर्शन

IMG-20230712-WA0037

मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशले डाक्नेश्वरी नगरपालिकामा गठन गरेको बाल अधिकार सचेतना समूहका विद्यार्थीहरूले असार २७ गते डाक्नेश्वरी नगरपालिका–७ ब्रह्मपुरमा जनचेतनामुलक सडक नाटक प्रदर्शन गरेको छ ।

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने उदेश्यले ब्रह्मपुरको मुख्य बजारमा सडक नाटक प्रदर्शन गरिएको कार्यक्रम संयोजक बरुण बस्यालले जानकारी दिनुभयो । समाजमा बालविवाह र दाइजोले निम्त्याएको सामाजिक, आर्थिक तथा शारीरिक समस्याहरू नाटकमा प्रस्तुतीकरण गरिएको छ । नाटकमा समुदायमा अशिक्षाका कारणले बालविवाह गर्ने र दाइजोका कारणले घरनिकाला देखि हत्यासम्मको हिंसा गर्ने क्रियाकलाप यथावत रहेको कुरा दर्साइएको छ ।

सडक नाटकमा समाजको यथार्थ चित्रण देखाइएको स्थानीयवासी रामविलास शरणले प्रतिक्रिया दिनुभयो । आफ्नै गाउँटोलका विद्यार्थी समेत संलग्न भई गरेको प्रदर्शन हेर्न पाउँदा खुशी लागेको उहाँले बताउनु भयो । समाजबाट बालविवाह, दाइजो, छुवाछुत प्रथालगायतको सामाजिक समस्या निराकरणका लागि नाटकले सकारात्मक सन्देश प्रवाह गरेको वडा सदस्य बिरेन्द्रकुमार साहले बताउनु भयो ।

IMG-20230712-WA0019 IMG-20230712-WA0035

अन्य

भिडियो