
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित श्री हिरा फेक्नी माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले ०८१ माघ २४ गते कार्ययोजना बैठक सम्पन्न गरेको छ ।
बैठकमा बाल अधिकार सचेतना समूहले फागुन ५–६ गते सडक नाटक प्रदर्शन गर्ने निर्णय गरेको छ । बाल विवाह, लैङगिक हिंसा, दाइजो प्रथा, महिला हिंसा न्यूनिकरणका निम्ति सडक नाटक प्रभावकारी हुने सचेतना समूहका अध्यक्ष अरुण कुमार साहल जानकारी दिनु भयो ।
उक्त कार्यक्रम पछि सामाजमा छोरी छोरामा भेदभाव र लैङ्गिक हिंसा, महिला हिंसा विरुद्ध समाजमा चेतना जागृत हूने प्रधानाध्यपक उमेश यादवले बताउनु भयो ।
बैठकको समन्वय गर्दै इन्सेक सप्तरी सहजकर्ता अजय परियारले इन्सेकको परियोजनाले गर्ने काम र उद्देश्य बारे प्रकाश पार्नु भयो ।

