अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा डाक्नेश्वरी नगरपालिकास्थित हिरा फेकनी माध्यमिक विधालयमा ०८१ कात्तिक १२ गते बाल अधिकार सचेतना समूहको कार्ययोजना निर्माण बैठक सम्पन्न भएको छ ।
समुहको बैठकले प्रत्येक साता विद्यालयमा सरसफाई कार्यक्रम गर्ने, प्रत्येक महिना एउटा बैठक गर्ने र बैठकबाट विभिन्न समस्या पहिचान गरी प्रधानाध्यापक र वडा अध्यक्षलाई ध्यानाकर्षण गर्ने निर्णय गरेको छ ।
प्रधानाध्यापक सुरेश कुमार यादवले बालबालिकाहरू कार्ययोजना निर्माण र त्यसको कार्यान्वयनका साथै विद्यालयको अन्य गतिविधिमा समेत सकारात्मक सोचका साथ लागिरहेको बताउनु भयो ।
इन्सेक मधेस प्रदेश कार्यालयद्वारा विद्यालयमा गठित बाल अधिकार सचेतना समूहका अध्यक्ष अरूण कुमार साहको अध्यक्षतामा बाल अधिकार सचेतना समूह बैठक सम्पन्न भएको हो । बाल अधिकार सचेतना समूहले विद्यालयमा हुने विभिन्न क्रियाकलापमा सहभागिता जनाउने, व्यक्तित्व विकासका विभिन्न कार्यक्रम गर्ने, स्वच्छ शैक्षिक वातावरणका लागि सकरात्मक सहयोग र सहजिकरण गर्ने गरेको इन्सेक सप्तरी जिल्ला सहजकर्ता अजय परियार बताउनु भयो ।