INSEC Online

📅 २०८३ जेष्ठ २५

बाल  अधिकार र हरित वातावरण प्रवर्द्धनका लागि वृक्षारोपण

बाल अधिकारको संरक्षण तथा हरित वातावरणको प्रवर्द्धन गर्ने उद्देश्यले  विश्व वातावरण दिवसको अवसरमा ०८३ जेठ २२ गते  वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। शिव बाल क्लब वीरेन्द्रनगर नगरपालिका-९ को आयोजना  तथा सिसिआर कर्णाली प्रदेश र इन्सेकको सहकार्यमा वीरेन्द्रनगर नगरपालिका–९ स्थित काँक्रेविहार क्षेत्रमा वृक्षारोपण गरिएको हो।

`बाल अधिकारको संरक्षण, हरित वातावरणको संवर्द्धन´ भन्ने नारासहित आयोजित कार्यक्रममा बालबालिका, युवा तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको आयोजक शिव बाल क्लबका अध्यक्ष वसन्त विकले बताउनु भयो । वातावरण संरक्षण, जैविक विविधताको जगेर्ना तथा जलवायु परिवर्तनका असर न्यूनीकरणमा योगदान पुर्‍याउने उद्देश्यले कार्यक्रममार्फत विभिन्न प्रजातिका बिरुवा रोपिएको छ। साथै बालबालिकामा वातावरणीय सचेतना अभिवृद्धि गर्दै प्रकृति संरक्षणप्रति जिम्मेवार बनाउने लक्ष्य समेत कार्यक्रमले राखेको छ। आयोजकका अनुसार वृक्षारोपण कार्यक्रमले हरित वातावरण निर्माणमा टेवा पुग्नुका साथै बाल अधिकार र वातावरणीय अधिकारबीचको सम्बन्धबारे जनचेतना फैलाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

कार्यक्रममा कर्णाली प्रदेश बाल क्लब, सिसिआर कर्णाली र इन्सेकका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।  

कर्णाली प्रदेश कार्यालय

अन्य

भिडियो