INSEC Online

📅 २०८३ जेष्ठ २१

बाल अधिकार चेतना समूहका सदस्यका लागि क्षमता अभिवृद्धि तालिम सुरू

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजनामा बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि दुईदिने क्षमता अभिवृद्धि तालिम असोज ११ गतेदेखि वीरेन्द्रनगरमा सुरू भएको छ ।
तालिमको उदघाट्न गर्दै इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले बालबालिकाहरूले आप्mनो अधिकारको माग गर्दा कर्तव्यलाई भुल्न नहुने बताए । संयोजक सुवेदीले बाल अधिकारको सुनिश्चितताका लागि इन्सेकले मुलुकभर विभिन्न कार्यक्रम सञ्चालन गरेको पनि जानकारी दिए ।

तालिममा अधिवक्ता गीता कोइरालाले मानव अधिकार, नेपालको संविधानमा शिक्षाको अधिकार, संयोजक सुवेदीले इन्सेक अभियान र मानव अधिकार, उपप्रध्यापक युवराज शर्माले भित्तेपत्रिका प्रकाशन, वीरेन्द्रनगर नपाका उपप्रमुख मोहनमाया ढकालले बाल अधिकार प्रवर्र्धनमा स्थानीय निकायको भूमिका, अधिकारकर्मी रमा भण्डारीले बालमैत्री विद्यालय र दण्डरहित शिक्षा, इन्सेक जिल्ला प्रतिनिधि अम्मर सुनारले बाल न्याय र बालमनोविज्ञान तथा फोकल पर्सन दुर्गा थापाले समस्याको पहिचान र वार्षिक कार्ययोजना निर्माण विषयमा सहजीकरण गर्ने संयोजक सुवेदीले बताए ।

इएलपी कार्यक्रम अन्र्तगत गुर्भाकोट नपा–१, २, ४, ५ र ९ का चार ओटा सामुदायिक विद्यालयमा गठित बाल अधिकार चेतना समूहका सदस्य, युवा समूहका सदस्य र संरक्षक शिक्षक समेत तालिममा ३० जनाको सहभागिता रहेको छ ।

दुर्गा थापा

अन्य

भिडियो