INSEC Online

📅 २०८३ जेष्ठ २१

बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि क्षमता अभिवृद्धि तालिम सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्जको आयोजनामा बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम असोज ९ गतेबाट पाल्पाको तानसेनमा सुरू भएको छ ।

Photo20180926Palpa

इन्सेकले सञ्चालन गरेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत बगनासकाली गाउँपालिकाको-७ स्थित खानीगाउँ मावि, दैलातुङ्ग आधारभुत विद्यालय सोही गाँउपालिका-९ स्थित चन्द्र मावि र कालिका आधारभुत विद्यालयमा गठित बाल अधिकार चेतना समूहका सदस्य र संरक्षक शिक्षक, युवा समूहका पदाधीकारीहरूको क्षमता विकास गराउने उद्देश्यले तालिम आयोजना गरिएको इन्सेक प्रदेश ५ कार्यालय, नेपालगञ्जका संयोजक भोला महतले बताए ।

तालिममा इन्सेक अभियान र मानव अधिकार, बाल अधिकार के हो ? नेपालको संविधानमा शिक्षाको अधिकार र बालमनोविज्ञान, बालमैत्री विद्यालय र दण्डरहित शिक्षा, बालभित्ते पत्रिका प्रकाशन, बाल अधिकार प्रवर्धनमा स्थानीय निकायको भूमिका, समस्या पहिचान र आर्थिक कार्ययोजना निर्माणका विषयमा प्रशिक्षण दिइने कार्यक्रम फोकल पर्सन सरस्वती मल्लले बताइन् । दुई दिनसम्म सञ्चालन हुने तालिममा २५ जनाको सहभागिता रहेको छ ।

यज्ञमूर्ति तिमिल्सिना

अन्य

भिडियो