
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा हिरा फेकनी माध्यमिक विद्यालय, बनौलामा गठित बालअधिकार सचेतना समूहका बालबालिकाहरूले डाक्नेश्वरी नगरपालिका–१० बनौलाको बिष्णु चौक स्थित वडा कार्यालय अगाडि ०८० पुस २५ गते सडक नाटक प्रदर्शन गरेका छन् ।
बालअधिकार सचेतना समूहले शिक्षा र बालअधिकार क्षेत्रमा देखिएका असमानता, विभेद तथा बालबिवाह, दाइजो प्रथा, महिला हिंसा, महिलाविरुद्ध हुने सबै किसिमका भेदभाव विरुद्ध जनचेतनामूलक सडक नाटक प्रदर्शन गरेको इन्सेक सप्तरीका सहजकर्ता अजय परियारले जानकारी दिनुभयो । स्थानीयवासी तथा नागरिक समुदाय समक्ष बालबालिकाहरूले नाटकको माध्यमबाट असमान व्यवहार तथा विभेदले मानवजीवनमा पर्ने असरबारे ध्यानाकर्षण गराएका थिए ।
वडा अध्यक्ष कुञ्जिलाल चौधरीले बालविवाह, दाइजो प्रथा, महिला विरूद्ध हुने सबै किसिमका भेदभाव प्रति सचेत र गम्भिर हुनुपर्ने बताउनु भयो । सबैले आफ्नो अधिकारसँगै कर्तव्य बुझ्न जरूरी रहेको भन्नहुँदै उहाँले स्थानीय तहबाट हमेशा सहयोग रहने बताउनु भयो । छोरा सरह छोरीलाई शिक्षा दिनु जरूरी रहेको भन्नु हुँदै सहभागी दर्शक चन्देश्वर रामले हाम्रो लागि हामिले नै बुझेर अघि बढ्न जरूरी रहेको बताउनु भयो ।
मानव अधिकार समूहका अध्यक्ष रामचन्द्र मण्डलले सडक नाटकको माध्यमबाट बालबालिकाहरू आफ्नो अधिकार बारे जानकार हुने रजीवनमा शिक्षाको महत्व बुझ्ने बताउनु भयो ।
कार्यक्रममा वडा अध्यक्ष चौधरी, मानव अधिकार समूहकाअध्यक्ष मण्डल सहित समूहका कोषाध्यक्ष मुसा अन्सारी, संरक्षक शिक्षकमनोज कुमार चौधरी,शिक्षकहरु, नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो ।
बाल अधिकार सचेतना समूहका अध्यक्ष अरूण कुमार साह, रूपेश साह, देवकान्त प्रसाद साह, पारसमणि माझी,रोशन राउत, मनिषा रजक, पवनकुमार साह, श्यामकुमार साह, रिया चौधरी, सपना माझी, सृष्टि साह, पुजा मुखिया, दिपमाला पैकरा, मुख्तार लगायतले सडक नाटक प्रदर्शनमा अभिनय गर्नुभएको थियो ।
