INSEC Online

📅 २०८३ जेष्ठ २१

बालबालिकाद्वारा सडक नाटक प्रदर्शन

IMG-20231127-WA0006
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा जनता माध्यमिक विद्यालय, रामपुर जमुवामा गठित बाल अधिकार सचेतना समूहका बालबालिकाहरूले ०८० मङ्सिर ११ गते शम्भुनाथ नगरपलिका–१० जमुवा टोलमा सडक नाटक प्रदर्शन गरेका छन् ।

बाल अधिकार सचेतना समूहले शिक्षा र बाल अधिकार क्षेत्रमा देखिएका असमानता तथा विभेद र बाल विवाह, महिला हिंसा तथा महिलाविरुद्ध हुने सबै किसिमका भेदभाव विरुद्ध जनचेतनामूलक सडक नाटक प्रदर्शन गरेका हुन । असमान व्यवहार तथा विभेदले मानव जीवनमा पर्ने असरलाई समेत बालबालिकाहरूले नाटकको माध्यमद्वारा उपस्थित नागरिक समुदाय समक्ष प्रस्तुत गर्दै बौद्धिक वर्ग, समाजसेवी, शिक्षक तथा सरोकारवाला निकायहरूलाई ध्यानाकर्षण गराए ।

कार्यक्रममा सहभागी फुल कुमारी सदाले सडक नाटकबाट समुदायमा भएको कुरिति, महिला हिंसा, छोराछोरीमा हुने विभेदका बारे जानकारी मिल्नुका साथै शिक्षाको अवसरबाट वञ्चित छोरीहरूलाई न्याय मिल्ने बताउनु भयो । नाटकले दाइजो प्रथा विरुद्ध चेतना जगाउने भन्दै स्थानीयवासीले आगमाी दिनमा समेत समुदायमा सकारात्मक सन्देश फैलाउन सुझाव दिए ।

सडक नाटकबाट महिला हिंसा, बाल अधिकार, मानव अधिकारप्रति नागरिक समाज सचेत हुने संरक्षक शिक्षक सुनिल कुमार चौधरीले विश्वास व्यक्त गर्नुभयो । अधिकारको संरक्षण र प्रत्याभूतिका लागि जिम्मेवार निकायलाई जवाफदेही बनाउन चेतनामूलक कार्यक्रम आवश्यक रहेको मानव अधिकार समूहका अध्यक्ष पुलकित भगतले बताउनु भयो ।

सडक नाटक प्रदर्शनमा बाल अधिकार सचेतना समूहका अध्यक्ष सन्तोषी कुमारी साह, रितिका चौधरी, आकाश चौधरी, रूपेश चौधरी, काजल मण्डल, कृष्ण सरदार, प्रितिका चौधरी, स्वस्तिका सरदार, संस्कृति चौधरी, पिंकी भगत, खुश्बू चौधरी, अमन चौधरी, दिपेन चौधरी, श्रवण मण्डल, अदिति चौधरी लगायतले भूमिका निर्वाह गर्नुभएको थियो ।

उक्त कार्यक्रममा मानव अधिकार समूहका अध्यक्ष पुलकित भगत, समूहकी देबीमाया भट्टराई, संरक्षक शिक्षक सुनिल कुमार चौधरी, शिक्षक अमरेन्द्र कुमार मण्डल, समुदायका अगुवा तथा सप्तरी जिल्ला सहजकर्ता अजय परियार लगायतको उपस्थिति रहेको थियोे ।
IMG-20231127-WA0007 IMG-20231127-WA0009 IMG-20231127-WA0008

अन्य

भिडियो