INSEC Online

📅 २०८३ जेष्ठ २१

बालबालिकाका लागि क्षमता अभिवृद्धि तालिम सुरु

इन्सेक मध्यमाञ्चल क्षेत्रीय कार्यालयको आयोजनामा क्षेत्रभित्र कार्यक्रम सञ्चालित विद्यालयका बालअधिकार चेतना समूहका पदाधिकारीहरूका लागि ०७३ माघ २७ देखि २९ गतेसम्म आयोजित क्षमता अभिवृद्धि तालिमको धुलिखेलमा सुरु गरिएको छ ।

तालिमको शुरुवात गर्दै इन्सेकका मध्यमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक कृष्ण गौतमले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न सुझाए । बालअधिकार चेतना समूहका पदाधिकारीहरूले बालबालिकाको हितमा धेरै काम गरेको स्मरण गराउँदै उनले तालिमपछि बाल अधिकार चेतना समूहहरूको सक्रियता बढ्नुपर्नेमा जोड दिए ।

तालिममा बाल अधिकार र कर्तव्य, बाल अधिकारको ऐतिहासिक पृष्ठभूमी, बाल अधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन, बाल दुर्व्यवहार र जोखिमपूर्ण श्रम, बालमैत्री विद्यालय र दण्डरहीत शिक्षा, विद्यालय तहमा बालअधिकार र मानवअधिकार शिक्षाको अवधारणा, बालभित्ते पत्रिका र यसको महत्व, कार्ययोजना निर्माणलगायतका विषयमा जानकारी दिइने छ ।

तालिममा दोलखा, सिन्धुपाल्चोक, धादिङका कार्यक्रम सञ्चालित गाउँका विद्यालयमा गठित बाल अधिकार चेतना समूहका पदाधिकारी, कार्यक्रम सहजकर्तालगायत ४३ जनाको सहभागिता रहेको छ ।

photo20170209kavre (2)  photo20170209kavre (3) photo20170209kavre (4) photo20170209kavre (5) photo20170209kavre (6) photo20170209kavre (7)

भोजराज तिमल्सिना

अन्य

भिडियो