INSEC Online

📅 २०८३ जेष्ठ २१

महेन्द्र माविमा बालअधिकार समूह परिचालनको लागि कोष हस्तान्तरण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय मार्फत माछापुच्छ्रे गाउँपालिकाको महेन्द्र माध्यामिक विद्यालयमा २०८० असोज १४ गते बालअधिकार समूह परिचालनको लागि कोष हस्तान्तरण सम्पन्न गरिएको छ ।

विद्यालयका प्रधानाध्यापक जगनाथ अधिकारी, संरक्षक शिक्षक नवराज अधिकारी, बाल अधिकार समूहका अध्यक्ष सृष्टि नेपाली तथा समूहका पदाधिकारीको उपस्थितिमा इन्सेक कास्की सहजकर्ता सुष्मा आचार्य अधिकारी र मानवअधिकार समूहकी कोषाध्यक्ष प्रेम कुमारी अधिकारीले ३५ सय रुपियाँ  विद्यालयलको बालअधिकार समूह परिचालन कोषका लागि हस्तान्तरण गर्नुभएको थियो ।

विद्यालयमा बालअधिकार समूहले जातीय विभेदसम्बन्धी जनचेतना फैलाउने, वातावरण सरक्षणका लागि फोहोरमैला व्यवस्थापन गर्ने, बालबिवाह तथा बालहिंसा तथा यौन दुर्व्यवहार जनचेतनामुलक कार्यक्रम गर्ने तथा स्थानिय तह र विद्यालयमा बालअधिकारका सवालमा मागदाबी गर्ने जस्ता कार्य गर्नको लागि उक्त रकम समूह परिचालन कोषका लागि प्रदान गरिएको सहजकर्ता सुस्मा अधिकारी आचार्यले बताउनुभयो ।

386472008_1262350034454499_231997486264405515_n385448356_561812896070149_3135860415636056786_n

अन्य

भिडियो