
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा शम्भुनाथ नगरपालिका-३ स्थित श्री राम दयाल माध्यमिक विद्यालय र सोही नगरपालिका-१० स्थित श्री जनता माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहका बालबालिकाहरूले दलित बस्तीमा ०८१ फागुन १२ गते सडक नाटक प्रदर्शन गरेका छन् ।

बालअधिकार सचेतना समूहले शिक्षा र बालअधिकारको क्षेत्रमा देखिएको असमानता, बालविवाह, महिला हिंसा तथा महिलाविरुद्ध हुने सबै किसिमका विभेदविरुद्ध जनचेतनामूलक सडक नाटक प्रदर्शन गरेको हो । नाटकको माध्यमबाट बालबालिकाहरूले असमान व्यवहार तथा विभेदबाट मानव जीवनमा पर्ने असरबारे सरोकारवाला निकायको ध्यानाकर्षण गराए ।
कार्यक्रममा श्री जनता माध्यमिक विद्यालयका सहायक प्रधानाध्यपक अमरेन्द्र मण्डल, संरक्षक शिक्षक सुनिल कुमार चौधरी, समुदायका अगुवा, नागरिक समाज, विद्यालयका सम्पुर्ण विद्यार्थीहरू उपस्थिती रहेको इन्सेकको सप्तरी जिल्ला सहजकर्ता अजय परियारले बताउनु भयो ।
सह प्राधानाध्यापक अमरेन्द्र मण्डलले छोराछोरी र महिला माथि हुने हिंसाको न्यूनिकरणका लागि शिक्षामा सबैको पहुँच आवश्यक रहेको बताउनु भयाे ।
दलित समुदायकी किरण कुमारी मण्डलका अनुसार प्रस्तुत कार्यक्रमले समाजमा छोरीहरू प्रति हुने भेदभाव र लैंङ्गिक हिंसाको झझल्को देखाएको छ ।
जनता माध्यमिक विद्यालयको संरक्षक शिक्षक सुनिल कुमार चौधरीका अनुसार प्रस्तुत कार्यक्रमले बालबालिकाहरूको आन्तरिक क्षमता बढ्ने र बालबालिकाहरूले आफ्नो अधिकार बारे बुझने र बुझाउन सक्ने छन् ।


सडक नाटक प्रदर्शनमा श्री राम दयाल माध्यमिक विद्यालयका बाल अधिकार सचेतना समूहका अध्यक्ष सुर्य नारायण पाल, आईशा प्रबीन, सपना साह, लक्ष्मी मण्डल, सरस्वती सदा, प्रदिप मण्डल, सुरेश कुमार पाल, श्री जनता माध्यमिक विद्यालयका बाल अधिकार सचेतना समूहका अध्यक्ष संतोषी कुमारी साह, आकाश चौधरी, रूपेश चौधरी, सुन्दर मुखिया , प्रितिका चौधरी, आशा मण्डल, संस्कृति चौधरी, अमन चौधरी, दिपेन चौधरी, प्रेरणा चौधरी लगायतको सहभागी थियो ।
