INSEC Online

📅 २०८३ जेष्ठ २१

बान्नीगढी-जयगढ गाउँपालिकामा स्थानीय सरकार र मानव अधिकार तालिम सम्पन्न

बान्नीगढी-जयगढ गाउँपालिकामा रहेका गाउँपालिका सदस्यहरूलाई स्थानीय सरकार र मानव अधिकार विषयक दुई दिने तालिम जगगढमा जेठ ८ गते सम्पन्न भएको छ ।

Photo20180522Achham (1)

जेठ ७ गतेबाट सुरू भएको तालिममा गाउँपालिकाका सदस्यहरूलाई मानव अधिकार, सुशासन, विभिन्न ऐन नियम, काम कर्तव्यहरूको बारेमा सहजिकरण गरिएको थियो । गाउँपालिका सदस्यहरूलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनगढी कार्यालयका संयोजक खडकराज जोशी र पुष्पविक्रम शाहीले दुई दिनसम्म सहजिकरण गरेका थिए ।

Photo20180522Achham (2)

संयोजक जोशीले मानव अधिकारमैत्री नीति निर्माणमा स्थानीय सरकारको भूमिका, अधिकारमुखी विकासको अवधारणा र नेतृत्व विकासका बारेमा प्रशिक्षण दिएका थिए । प्रशिक्षक शाहीले स्थानीय सरकारको सुशासन तथा सामाजिक समावेशिकरण, श्रोत व्यवस्थापन तथा योजना तर्जुमा, स्थानीय तहका पदाधिकारीहरूको काम, कर्तव्य र अधिकारका बारेमा प्रशिक्षण दिएका थिए  ।

सोही गाउँपालिकाका उपाध्यक्ष लोकेन्द्र साउदले उक्त गाउँपालिकाले पारित गरेका ऐन नियम तथा कार्यविधिका बारेमा जानकारी गराएका थिए । उपप्रमुख साउदले आफ्ना सेवाहरू गाउँपालिकाबासीहरूको अधिकारमा केन्द्रीत भएपनि सङ्घीय र प्रादेशिक कानुनको अभावमा आफूहरूले चाहेको काम गर्न नसकेको भनाइ राखे ।

Photo20180522Achham (3)

इन्सेकको आयोजनामा सम्पन्न तालिममा बान्नीगढी-जयगढ गाउँ कार्यपालिकाका सदस्य, प्रमुख प्रशासकीय अधिकृतसहितको सहभागिता रहेको थियो । डिसिएको सहयोगमा इन्सेकले अछामका पञ्चदेवल-विनायक नगरपालिका र बान्नीगढी-जयगढ गाउँपालिकाका जनप्रतिनिधिहरूलाई मानव अधिकारसम्बन्धी कार्यक्रम सञ्चालन गरेको छ ।

शिवराज ढुङ्गाना

अन्य

भिडियो